सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकामा थामेमाथिको ताल फुटेको छ । ५ नम्बर वडामा रहेको उक्त ताल फुटेसँगै उक्त क्षेत्र आसपासमा नहिँड्न सचेत गराइएको छ ।
सुरक्षाकर्मीसँगै स्थानीय जनप्रतिनिधिहरुको टोली उक्त क्षेत्रमा पुग्दै रहेको प्रहरीले जनाएको छ । ठूलो बाढीसमेत आएको छ । हिम ताल फुटेकोले बाढी आएको हो ।
बाढीले थामे गाउँमामा ठूलो क्षति पुर्याएको छ । दुधकोशी तटीय आसपासमा बस्ने स्थानीयलाई सतर्कता अपनाएर सुरक्षित बस्न आग्रह गरिएको छ ।
हिम पहिरो हो या ताल फुटेको हो भन्ने विषय स्पष्ट नभएको स्थानीय प्रशासनले जनाएको छ ।