महालक्ष्मी विकास बैङ्क र अरेत ईन्टरनेशनलबीच लक्जरी गाडी खरिदको लागि कर्जाको सम्झौता
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २८ सोमबार
491
Shares
काठमाडौँ। महालक्ष्मी विकास बैङ्क र नेपालमा टेस्ला, अडी, तथा पोर्श गाडीहरूको आधिकारिक आयातकर्ता अरेत ईन्टरनेशनल प्रालिबीच लक्जरी ब्रान्डका गाडी खरिदको लागि ९.९९% ब्याज दरमा कर्जा प्रदान गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ।
सम्झौता अनुसार, ग्राहकहरूले महालक्ष्मी विकास बैङ्कबाट टेस्ला, अडी, तथा पोर्श जस्ता लक्जरी ब्रान्डका गाडीहरू खरिद गर्नका लागि ९.९९% ब्याज दरमा कर्जा प्राप्त गर्न सक्नेछन्। विद्युतीय गाडीहरूको लागि, अधिकतम ५ वर्षको अवधिमा भ्याट बिल वा कोटेशन मूल्यको ८०% सम्मको कर्जा उपलब्ध हुनेछ, जुन कम हुन्छ। अन्य गाडीहरूको लागि, अधिकतम ८ वर्षको अवधिमा भ्याट बिल वा कोटेशन मूल्यको ५०% सम्मको कर्जा प्रदान गरिनेछ।
कर्जा लिन चाहने ग्राहकहरूले बैङ्कको आधिकारिक वेबसाइट, सामाजिक सञ्जालहरू, सम्पूर्ण शाखा कार्यालयहरू, र पत्रपत्रिकामा रहेको क्युआर कोड स्क्यान गरेर आवेदन दिन सक्नेछन्।
“सबल बैङ्क, सफल सहकार्य” को नारासहित, महालक्ष्मी विकास बैङ्कले विगत ३० वर्षदेखि नेपाली जनतालाई गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ। बैङ्कसँग देशभर १०३ शाखा कार्यालयहरू र करिब ७ लाख ग्राहकहरू रहेका छन्। साथै, हालै सम्पन्न २२ औँ वार्षिक साधारण सभामा विदेशी बैङ्क वा वित्तीय संस्थालाई रणनीतिक साझेदारको रूपमा ल्याउने प्रस्ताव समेत पारित गरिएको छ।