आर्थिक तथा विकास सहायताका विषयमा अर्थमन्त्री पौडेल र भारतीय विदेश सचिव मिस्रीबीच छलफल
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २८ सोमबार
426
Shares
काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल तथा भारतीय विदेश सचिव विक्रम मिस्रीबीच छलफल भएको छ । दुई दिने भ्रमणको क्रममा हिजो नेपाल आएका भारतीय विदेश सचिव मिस्री आज अर्थमन्त्री पौडेललाई भेट्न सिंहदरबार पुगेका हुन् ।
भेटका अवसरमा उनीहरुबीच आर्थिक तथा विकास सहायता, चालु आयोजनाहरुको तीव्रता, दुई देशबीचको आपसी सम्बन्ध लगायतका विषयमा छलफल भएको थियो ।
उनले आजै उपप्रधानमन्त्री प्रकाशमान सिंहसँग पनि छलफल गरेका थिए । यसअघि शनिबार उनले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए ।