arrow

कर्णाली राजमार्ग अवरुद्ध

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २६ शनिबार
pahiro-myagdi-81-4-26a.jpg
तस्बिर – म्याग्दीको बेनी–दरबाङ सडकखण्ड अन्तर्गत मङ्गला गाउँपालिका-२ लाम्पाटा रणबाङ क्षेत्रमा शुक्रबार राति झरेको पहिरो, रासस ।

जुम्ला । पहिरोले कर्णाली राजमार्ग अवरुद्ध भएको छ । गएराति सुर्खेत–जुम्ला सडकखण्डअन्तर्गतको कालीकोट जिल्लाको राँचुली, मोल्फा र फुर्केमा आएको पहिरोले सडक अवरुद्ध भएको हो । 

बिहानैदेखि पहिरो हटाउने काम भइरहेको सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी वीरबहादुर जिटीले जानकारी दिए। राँचुली, मोल्फालगायत स्थानमा सानाठूला पहिरो जाँदा सडक अवरुद्ध भएपछि जुम्ला र मुगुबाट सुर्खेत, नेपालगञ्ज काठमाडौँतर्फ चल्ने सवारीसाधन बीच बाटोमै रोकिँदा सयौँ यात्रु अलपत्रमा परेका छन् । 

अवरुद्ध भएको ठाउँमा पहिरो पन्छाउने काम सकिएपछि कर्णाली राजमार्ग सञ्चालनमा आउने सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ