कामपाको कार्यालय नजिकै खोलामाथि बनाइएको सडक भासियो [तस्बिर]
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २५ शुक्रबार
682
Shares
काठमाडौँ । काठमाडौँ महानगरपालिका (कामपा) को कार्यालय नजिकै सडक भ्वाङ परेको छ । टुकुचा खोलामाथि बनाइएको सडक भाँसिदा रातिदेखि आवागमन पनि रोकिएको छ ।
काठमाडौं महानगरको कार्यालय–काठमाडौं प्लाजादेखि उत्तरतर्फको सडक भासिएको हो । दरबारमार्गस्थित महेन्द्र सालिकबाट कमलादीको कृष्ण पाउरोटी चोक निस्किने एकतर्फी सडक भासिएको हो ।
सुरक्षाकर्मीले घेरा हालेर राखेको छ । हिजो रातिदेखि सवारी चलाउन रोक लगाइएको छ ।