नेपाल काभा महिला भलिबलको फाइनलमा, इरानमाथि जित, उपाधि भिडन्त भारतसँग [फोटोफिचर]
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २२ मंगलबार
867
Shares
काठमाडौँ । नेपाल काठमाडौँमा जारी काभा महिला भलिबलको फाइनलमा पुगेको छ । मंगलबार भएको सेमिफाइनलमा इरानमाथि सोझो सेटमा जित हासिल गर्दै नेपाल फाइनलमा पुगेको हो ।
लिग चरणमा इरानसँग पराजित भए पनि नेपालले सेमिफाइनलमा बदला लिँदै ३–० को सोझो सेटमा जित हासिल गरेको हो ।
नेपालले अब फाइनलमा बुधबार भारतसँग खेल्नेछ । भारतले भारतले मंगलबार सम्पन्न पहिलो सेमिफाइनलमा श्रीलंकालाई ३–० कै सोझो सेटमा पराजित गर्दै फाइनलमा पुगेको हो ।