arrow

सरकारलाई प्रचण्डको चेतावनी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २२ मंगलबार
prachanda-04-12.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई जबरजस्ती बहुमतको घमण्ड नदेखाउन चेतावनी दिएका छन् ।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचण्डले सरकारले गम्भीरताका साथ नलिई जबरजस्ती बहुमतको घमण्ड देखाए दुर्भाग्य हुने चेतावनी दिएका हुन् । 

उनले आफूहरू संविधान संशोधनको विरोधमा नरहेपनि अहिलेसम्म प्राप्त उपलब्धिहरू कटौती गरिए राम्रो नहुने बताएका हुन् ।

सरकारको प्रकृति, विगतको पृष्ठभूमि हेर्दा संविधान परिमार्जन नभइ जनताको अधिकार कटौती गर्ने उद्देश्य रहेको जिकिर गरे । उनले दुई राजनीतिक दलहरू मिलेर मात्रै संविधान संशोधन हुन नसक्ने बताए ।

प्रचण्डले सरकार बिचौलीले नै बनाएको भन्दै आफूलाई सबै थाहा भएको र एक दिन आफूले सबै बोल्ने बताए । उनले संसदको लेखा समितिको सभापति प्रतिपक्षलाई दिनुपर्ने बनाउँदै यसलाई सरकारले गम्भीरतापूर्वक लिन आग्रह गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ