- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । सन् २०२४ को मिस नेपाल वर्ल्डको उपाधि आश्माकुमारी केसीले जितेकी छिन् । शनिबार काठमाडौँमा आयोजित कार्यक्रममा आश्माले मिस नेपालको उपाधि जितेकी हुन् ।
त्यस्तै मिस नेपाल अर्थ सुमना केसी बनेकी छिन् भने करुणा रावतले मिस नेपाल इन्टरनेशनलको उपाधि हात पारेकी छिन् ।
त्यस्तै यस प्रतियोगितामा श्रद्धा सिलवाल मिस फोटोजेनिक, आश्माकुमारी केसी फेस अफ द इयर, दिक्षा अवस्थी मिस इन्टलेक्चुअल, सुमना केसी ब्युटी विथ अ पर्पोज र वुमन विथ विंग्सको उपाधि कृति श्रेष्ठले जितेकी छिन् ।