arrow

भलिबलमा भारतमाथि नेपालको ऐतिहासिक जित

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १९ शनिबार
volleyball-nepal-women-24-8.jpg

काठमाडौँ । नेपालले काठमाडौँमा जारी काभा वुमन्स नेसन्स भलिबल लिगमा भारतमाथि शानदार जित हासिल गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शनिबार सम्पन्न यो खेलमा नेपालले भारतलाई ३–२ को सेटमा पराजित गरेको हो ।

नेपाली महिला भलिबल टिमले पहिलो पटक भारतलाई पराजित गरेको हो ।

यो जितपछि नेपालले २ अंक हासिल गरेको छ भने भारतले एक अंक हासिल गरेको छ । यो जितपछि नेपालको २ खेलमा ५ अंक भएको छ भने भारतको ३ खेलमा ७ अंक भएको छ ।

यसअघि बिहीबार भएको उद्घाटन खेलमा नेपालले श्रीलंकालाई ३–० को सोझो सेटमा पराजित गरेर प्रतियोगितामा विजयी शुरुआत गरेको थियो । 

आजको खेलपछि नेपालले आफ्नो तेस्रो खेल आइतबार साँझ ५ः१५ बजेदेखि इरानसँग खेल्ने छ । त्यस्तै नेपालले आफ्नो लिग चरणको अन्तिम खेल सोमबार ५ः१५ बजेदेखि माल्दिभ्सविरुद्ध खेल्ने तालिका रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ