कीर्तिपुरमा बाढीमा फसेका १५ जनाको सशस्त्र प्रहरीबाट उद्धार
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १६ बुधबार
917
Shares
काठमाडौँ । अविरल वर्षाको कारण कीर्तिपुर नगरपालिका–१० स्थित सुन्दरीघाटमा रहेको राधा स्वामी क्षेत्रमा फसेका १५ जनाको उद्धार भएको छ । बाढीमा फसेका १५ जनाको बुधबार बिहान सशस्त्र प्रहरीले उद्धार गरेको हो ।
सशस्त्र प्रहरी बल नेपाल नं १८ निलबाराही गणबाट खटिएको सुरक्षा फौजले उनीहरुको उद्धार गरेको सशस्त्रका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए ।
अविरल वर्षाका कारण बाढीमा फसेको खबर पाएपछि बिहान ५ सो गणबाट फौज परिचालन गरिएको थापाले बताए ।
उनीहरुलाई ट्युब तथा डोरीको सहायताले उद्दार गरी सुरक्षित स्थलमा ल्याइएको छ ।