arrow
ADVERTISEMENT

कुरा संविधान संशोधनको

कांग्रेस–एमालेले संविधान संशोधन गर्न खोजे प्रचण्ड सडकमा पलेटी कसेर बस्ने [भिडियो] 

ठूला दुई दलले थ्रेस होल्ड बढाएर साना दलहरूलाई निस्तेज पार्ने प्रयास गरेको आरोप

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १३ आइतबार
prachanda-04-12.jpg

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस–एमालेले संविधान संशोधनमार्फत नागरिकको अधिकार खोस्न खोजे सडक सङ्घर्ष गर्न बाध्य हुने चेतावनी दिएका छन् । संविधान संशोधन गरेर सत्तारुढ कांग्रेस एमालेले जनताको अधिकार खोस्ने दुःसाहस गरिरहेको उल्लेख गर्दै उनले त्यसलाई सफल हुन नदिने बताए । उनले फेरि सडकमा पलेटी कसेर जनदबाब सृजना गर्न बाध्य हुने चेतावनी दिए । 

प्रचण्डले नेपाली जनतालाई थप अधिकार दिलाउन आफूहरूले संविधान संशोधन गर्न चाहेको स्पष्ट पार्दै जनताको अधिकार कटौती गर्ने आशयका साथ सत्तारुढ दलहरू आए त्यस विरुद्ध सङ्घर्ष गर्ने बताए । दुई वटा ठूला पार्टीले गर्न खोजेको संविधान संशोधन भनेको नेपाली जनताले प्राप्त गरेका अधिकारलाई पनि खोस्न खोज्ने, त्यसलाई उल्ट्याउने र देशलाई फेरि पहिलेकै निरंकुशतातिर लैजान चाहने खालको भएको जिकिर गरे । उनले त्यस्ता खालका गतिविधि स्वीकार्य नहुने पनि बताए । प्रचण्डले ठूला दुई दलले थ्रेस होल्ड बढाएर साना दलहरूलाई निस्तेज पार्ने प्रयास गरेको आरोप पनि लगाए । 

उनले भने,‘अहिले पनि के स्पष्ट छ भने संसद्को पहिलो र दोस्रो पार्टी मिल्ने कुरा सामान्य त त्यो स्वाभाविक मानिँदैन । कथित संसदीय लोकतन्त्रमा त झन् मानिँदैन । तर अहिले त्यो अभ्यास गर्न खोजिँदै छ । दुई दलीय सिस्टममा लैजाने उद्देश्यका साथ सो काम हुँदैछ । संविधान संशोधनको उद्देश्यका साथ । यहाँ केही साथीहरूले भने–यहाँ तीन वटा धारको कुरा । त्यस्तो छैन । संविधान संशोधन गर्नै हुँदैन भनेर कसैले पनि भनेको छैन । अझ हामी त संविधान संशोधन गर्नुपर्छ भन्नेमा छौं । किनकि संविधान सभामा महिलाको अधिकार अथवा अरू उत्पीडित समुदाय, वर्गको अधिकार अझै पुगेको छैन । यहाँ त्यो अधिकारलाई अझ बढोत्तरी गर्नुपर्छ भनेर रिजर्भेसन राख्ने, भिन्न मत राख्ने, नेट अफ डिसेन्ट राख्ने पार्टी हुनुको नाताले हामी संविधान संशोधनको पक्षमा छौं । तर हाम्रो विरोध संविधान संशोधनको नाममा प्रतिगमनतिर नेपाली जनतालाई निकै ठूलो त्याग र बलिदान गरेर प्राप्त गरेको अधिकार खोस्ने जो दुःशाहस हुँदैछ । हाम्रो त्यहाँ विरोध हो । हामी कुनै पनि हालतमा त्यसो गर्न दिने छैनौँ । हामी फेरि जरुरी पर्छ भने सडकमा पलेटी कसेर भए पनि जनताको साथमा बसेर भए पनि तिनीहरूको त्यो दुष्प्रयास सफल हुन दिने छैनौँ भनेको हो हामीले । त्यसकारण संविधान संशोधनको सैद्धान्तिक विरोध होइन । संविधान सभाबाट बनेको यो संविधानको मूलभूत विशेषता के हो भने यो देशले परिवर्तनलाई आत्मासात गरेको छ । समय समयमा जनभावना अनुसार, जनताको आवश्यकता, राष्ट्रको आवश्यकता अनुसार संविधानका सबै पक्षहरू, प्रावधानहरू संशोधन हुन सक्छन् भनेर ढोका खुला राखेको छ । खाली देशको राष्ट्रिय स्वाधीनता, भौगोलिक अखण्डता, जनताको सार्वभौम सत्ता जस्ता आधारभूत कुरा ती मात्रै अपरिवर्तनीय छन् । अरू सबै राजनीतिक प्रणाली, सिद्धान्त, मान्यता ती सबै जनताको चाहना, आवश्यकता र समयको आवश्यकता अनुसार परिवर्तन गर्न सकिन्छ भनेर भनिएको छ । संविधान सभाबाट बनेको यो संविधानको राम्रो पक्ष पनि यही हो भन्ने मलाई लाग्छ । त्यसमा थुप्रै राम्रा कुराहरू पनि छन् । थुप्रै सीमाहरू पनि छन् । तर अहिले दुई वटा ठूला पार्टीले गर्न खोजेको संविधान संशोधन भनेको नेपाली जनताले प्राप्त गरेका अधिकारलाई पनि खोस्न खोज्ने, त्यसलाई उल्ट्याउने र देशलाई फेरि पहिलेकै निरंकुशतातिर लैजान चाहने । देशमा भएका विभिन्न विचार, राजनीतिक प्रवृत्ति, तिनीहरूको बीचमा बहस, छलफल हुन नदिने, अहिले एउटा कुरा आइराखेको छ–थ्रेस होल्डको कुरा । तपाईँहरूले पनि सुन्नुभएको होला । थ्रेस होल्ड बढाएर साना पार्टीहरू सबैलाई निस्तेज पार्ने, तिनीहरूको अस्तित्व विहीन बनाउने र अनि तथाकथित दुई पार्टी सिस्टम, जो पश्चिमा देशहरूमा चल्ने गरेको छ । त्यसैमा नेपाललाई पनि जबरजस्ती लैजाने खोज्ने र त्यहीमार्फत अधिनायकवादतिर देश लैजाने कोसिस भएको हुनाले नै हाम्रो विरोध हो । र हामी संसद्मा मैले विश्वासको मत लिँदै गर्दा बडो विचित्रको परिघटनाहरू भए । म त्यता पट्टी धेरै जान त चाहन्न । तर त्यहाँ हामी सबैले अपिल गरेको नेपाली जनता सबै समुदाय, जातजाति, भाषा, धर्म सबैलाई गरेको अपिल के हो भने खबरदार नेपाली जनताले लामो समयको सङ्घर्ष र बलिदान र अब त ७५ वर्षको कम्युनिष्ट आन्दोलन, यस बीचमा भएका सामन्तवाद विरोधी, साम्राज्यवाद विरोधी सङ्घर्षमा भएको बलिदानहरू र उपलब्धिहरूमाथि फेरी पनि औला ठड्याउन खोजिएको छ । त्यसलाई रोक्नुपर्दछ । जनताको तागतले त्यसलाई रोक्नैपर्दछ । रोक्न सकिन्छ । हामीले त
यही अपिल गरेका छौ । आज कमरेड पुष्पलालको जन्म शताब्दीको अवसरमा पनि हामीले एउटा संकल्प लिनैपर्दछ–सबै देशभक्त कम्युनिष्ट शक्तिलाई एउटै झन्डामुनि ल्याउने प्रयास छोडिन हुँदैन । र प्रतिक्रान्तिकारीहरू, प्रतिगमनकारीहरूले संविधानमाथि घात गर्ने दुःशाहस सफल हुनेछैन ।’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ