मिसेस एण्ड मिस डिसेबिलिटी क्वीन प्रतियोगिता [तस्बिर]
हाम्रा कुरा
प्रकाशित २०८१ असार २६ बुधबार
836
Shares
काठमाडौँ । ‘मेरो क्षमता मेरो अपाङ्गताभन्दा बलियो छ’ भन्ने नाराका साथ मंगलबार काठमाडौँमा ‘मिसेस एण्ड मिस डिसेबिलिटी क्वीन’ प्रतियोगितामा सम्पन्न भएको छ ।
ग्रीन आर्ट्स मिडियाले आयोजना गरेको सो प्रतियोगितामा देशभरबाट कुल २० जना अपाङ्गता भएका महिलाहरूले भाग लिएका थिए ।
अपाङ्गता भएका व्यक्तिहरुलाई समाजले हेर्ने दृष्टिकोण र सामान्य व्यक्तिहरु जस्तै मानसिक रूपमा पनि क्षमतावान हुने सन्देश दिनका लागि सो कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।