- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
झापा । झापाको बुद्धशान्ति गाउँपालिका वडा नं. ६ र ७ लाई जोड्ने कोशी प्रदेशकै लामो र अग्लो झोलुङ्गे पुलको शिलान्यास भएकोछ ।
संघीय सांसद तथा नेपाली काग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले टिमाई नदीमाथि बन्ने ४ सय ७६ मिटर लामो उक्त झोलुङ्गे पुल शिलान्यास गरेका हुन् ।
पाँच करोड रुपैयाँको लागतमा निर्माण सम्पन्न गरिने लक्ष्य लिएर सुरु गरिएको आयोजना नौ महिनाभित्रै २०८२ बैशाखमा पूरा हुने जनाइएको छ । कोशी प्रदेशको सबैभन्दा लामो र अग्लो हुने यो झोलुङ्गे पुल नेपालको तेस्रो लामो झोलुङ्गे पुल हुनेछ ।
यो आयोजना सम्पन्न हुँदा झापाको शान्तिनगर पर्यटकीय हब बन्ने विश्वास जनमानसले लिएका छ्न् ।