-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
बर्दिया । बर्दियामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा गेरुवा गाउँपालिका वडा नं. ३ गणेशपुरका रोहित थारु छन् ।
उनी आफ्नै खेतमा जोतिरहेका समयमा चट्याङ लागेको थियो ।
चट्याङ लागेर घाइते थारुको प्राथमिक स्वास्थ्य केन्द्र राजापुरमा उपचारका क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिए ।
चट्याङ लागेर दुबै गोरु सामान्य घाइते भएका छन् ।