arrow

पूर्व श्रीमतीको सहमति बिना शारीरिक सम्पर्क गर्ने पूर्व न्यायाधीश गिरीलाई सात वर्ष कैद सजाय

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २९ मंगलबार
bhuwan-giri-judge-rape-wife.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले पूर्व न्यायाधीश भुवन गिरीलाई जबरजस्ती करणीको मुद्दामा दोषी ठहर गर्दै ७ वर्ष कैद र ३ लाख रुपैयाँ जरिबानाको फैसला सुनाएको छ ।

न्यायाधीश दुर्गा भुसालको इजलासले गिरीलाई पूर्वश्रीमतीको सहमति बिना शारीरिक सम्पर्क राखेको ठहर गर्दै यो सजाय सुनाएको हो । 

अदालतले जरिबानाको रूपमा तोकिएको ३ लाख रुपैयाँ पीडितलाई क्षतिपूर्ति स्वरूप प्रदान गरिने छ । गिरीलाई यसअघि जेठ १३ गते दोषी ठहर गरिएको थियो । सर्वोच्च अदालतको आदेशले उनी यसअघि नै थुनामा रहेका थिए ।

सम्बन्ध विच्छेदपछि पनि पूर्वश्रीमतीको सहमति बिना शारीरिक सम्पर्क राखेको आरोपमा गिरीविरुद्ध मुद्दा दायर भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ