काठमाडौँ । स्पेनले युरोकप खेल्ने अन्तिम टिमको घोषणा गरेको छ । प्रशिक्षक लुइस डी ला फुएन्टेले युवा र अनुभवी खेलाडीलाई समेट्दै युरोकप खेल्ने २६ खेलाडीको घोषणा गरेका हुन् ।
स्पेनले युरोकपमा युवा प्लेमेकर गाभीलाई गुमाएको छ । इन्जुरिका कारण खेल्न नसक्ने भएपछि गाभी यो युरोकपमा देखिने छैनन् । त्यस्तै एलेक्स गार्सिया, अलेजानद्रो बाल्ड़े, पाउ टोरेज र पेड्रो पोर्रो जस्ता खेलाडी टिममा परेका छैनन् ।
युरोकप जुन १४ देखि शुरु हुँदैछ । स्पेन भने यस युरोकपमा समुह बी मा रहेको छ । यस समुहमा स्पेनसहित क्रोसिया, इटाली र अल्बानिया रहेका छन् । स्पेनले युरोकपमा आफ्नो पहिलो खेल जुन १५ मा क्रोसियाविरुद्ध खेल्ने तालिका रहेको छ ।