arrow

स्थानीय यार्सा टिप्न गएको मौका छोपी हतियारधारीको समूहले दिउँसै लुट्यो गाउँ

logo
नृपेन्द्र बहादुर मल्ल,
प्रकाशित २०८१ जेठ १४ सोमबार
dolfu-gau-mugu.jpg
फाइल तस्बिर

मुगु । गाउँले सबै यार्सा टिप्न गएको मौका छोपी लुटेरा समूहले मुगुको एक गाउँ दिउसै लुटेका छन् ।

 मुगु कार्मारोङ्ग गाउँपालिका वडा न १ डोल्फु गाउँमा शनिवार बेलुका ५ बजे हियारधारी समूह आइ घर घरमा तलासी गर्दै सर सामान लगायत बहुमूल्य सामान नगद लुटेर लगेका हुन ।

गाउँका सबै यार्सा टिप्न पाटन गएका र गाउँमा बुढा बुढी मात्र रहेका बेला मौका छोपी हियारधारी समूहले गाउँमा रहेका ५० घरधुरिमा २३ घर लुटेको मुगु कार्मारोङ्ग गाउँपालिकाका अध्यक्ष छिरिङ्ग क्याप्ने लामाले जानकारी गराए । उनका अनुसार गाउँमा रहेका गुम्बाका पुजारी र घर रक्षाका लागि गाउँ मै रहेका कुकुरहरूलाई पनि लुटेर समूहले मरणासन्न हुनेगरि कुटपिट गरेका थिए ।

यस सम्बन्धमा जिल्ला प्रशासन कार्यालय मुगुका प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसिसङ्ग बुझ्दा घटना सत्य भएको र यथार्थ बुझ्न घटना स्थलबाट ५ घण्टा तल रहेको पुलु प्रहरी चौकिबाट प्रहरीको टोली आज हिँडेको र साँझसम्म यथार्थ बाहिर आउने बताए ।

विगत वर्षहरूमा पनि जुम्लाका पातारासी,पटमारा लगायत बस्तीहरूबाट हियारधारी समूह आइ झैँ झगडा गर्ने र यार्सा लुटेर लाने गरेकोले यो घटनामा पनि ती ठाँउका कोही समूह हुन कि अन्य जिल्लाबाट आएको लुटेरा समूह आएर गाउँ नै लुटेको पत्ता लगाइ हदैको कारबाही गर्न जुम्ला प्रशासन कार्यालय र सुरक्षा निकायहरूसँग समन्वय गरि त्यताबाट पनि नेपाल प्रहरी हिँडिसकेको प्रमुख जिल्ला अधिकारी केसीले बताए ।

जिल्ला प्रशासन कार्यालयमा घटना स्थलबाट बडा न १ का वडा अध्यक्ष कार्मा तुन्डुक लामाले घटना बारे जानकारी गराउनु भएको थियो । गाउँ नजिक पाटनहरू रहेकाले गाउँलेहरू कोही बिहानै पाटन पुग्ने राती घर फर्कने र कोही १/२ पाटन मै बस्ने फर्कने गर्दछन् ।

बन्दुक,तरबार,चक्कु सहित आएका हतियारधारी समूहले गाउँका घरहरू फोरी त्यहाँ रहेका सुन,चाँदि,पुराना भाँडाकुँडा,जडीबुटी,पुराना गर गहना,लत्ता कपडा सबै लुटेर लगेका छन् । प्रहरी घटना स्थल तर्फ गई रहेकाले त्यहाँ नपुग्दा सम्म के कति लुटे ,कति कुटिए के कति क्षेती भयो भन्न नसक्ने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले बताए । 

घटना स्थल मुगु जिल्ला सदरमुकाम गमगढिबाट १२ घण्टा र पालिका केन्द्र पुलुबाट ६ घण्टा टाढा पैदल दुरीमा पर्दछ ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ