arrow

ओलीको एक तीर तीन निशाना

logo
राजन कुइकेल, 
प्रकाशित २०८१ जेठ ९ बुधबार
Rajan-kuikel.jpeg
तस्बिर – फाइल ।

यो पछिल्ला सारा प्रकरणमा एक तीर, तीन निशाना गरेर कसैले प्रहार गरिरहेका छन् भने ती हुन्, नेकपा एमालेका अध्यक्ष केपी ओली । 

पहिलो, कांग्रेससँग त सदावहार प्रतिष्पर्धा छ नै, आफू बलियो बन्न कांग्रेसलाई कमजोर नबनाइ हुँदैन । त्यसका लागि एमालेले साम, दाम, दण्ड, भेदको नीति अख्तियार गर्नु अनौठो होइन ।

दोस्रो, माओवादी अध्यक्ष प्रचण्डलाई राजनीतिक रूपमा सकाउनु नै छ । कम्युनिष्टरूपी एकै दापमा दुई खुकुरी त अट्दैन नै । त्यसमा पनि आफ्नै पार्टीका माधव नेपाललाई उचालेर पार्टी फुटाएको, आफ्नो सरकार गिराएर शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन राष्ट्रपतिदेखि अदालतसम्म धाएको, संसद विघटनमा नसघाएको, आफूलाई गिरीबन्धु टि–जग्गा प्रकरणमा फसाउन खोजेको लगायत विषयमा प्रतिशोध साँध्नु छ । र त्यो टाढा राखेर वा विरोध गरेरभन्दा काखमा राखेर छुरा रोप्न सजिलो हुन्छ ।

तेस्रो, रास्वपा सरकार बाहिरै रह्यो र जनताको मुद्दा बोक्यो भने त लोकप्रिय हुन्छ, आउँदा चुनावहरूमा चुनौती बन्न सक्छ । त्यसका लागि सत्तामा चढाएर एकपछि अर्का काण्डमा फसाएर पत्तासाफ पार्नुछ । 

अर्कातिर प्रजातन्त्रवादीहरूको एकताका नाममा कांग्रेससँग मिल्यो भने त सत्ताका लागि दूरगामी असर पर्छ, त्यसैले कांग्रेससँग कसैगरी मिल्न नसक्ने दुस्मनी तयार गर्नुछ र यत्तिको मौका आउने छैन ।

त्यसैले रविका ‘ओली बा’ ब्वाँसाले झै कन्याई कन्याई सबलाई ठीक लाउने र २०८४ भन्दा अगावै संसद विघटन गराई मुलुकलाई चुनावमा लैजाने र त्यो पनि सकेसम्म प्रचण्डकै हातबाट गराउने । अनि, हेर्यौ मैले विघटन गरेको ठीक रहेछ कि रहेनछ भनाउने खेलमा छन् जस्तो लाग्छ । 

हेरौँ ओलीले रचेको यो चक्रव्युँहमा को को फस्छन्, को को निस्कन्छन् ?



नयाँ