arrow

सरकार छोड्ने निर्णय नगरेको हुनाले विश्वासको मत दियौँ - राजेन्द्र पाण्डे

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ८ मंगलबार
rajendra-pandey-80-12-28.jpg

काठमाडौँ ।  नेकपा(एकीकृत समाजवादी)का सांसद राजेन्द्र पाण्डेले आफूहरुले सरकार छोड्ने निर्णय नगरेकाले प्रधानमन्त्रीलाई विश्वासको मत दिएको बताएका छन् । सांसद पाण्डेले एकीकृत समाजवादीले सरकार छोड्ने निर्णय नगरेकाले विश्वासको मत दिएको बताएका हुन् । 

उनले अर्को निर्णय नभएसम्म पार्टी सरकारमा बस्ने बताए । उनले प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिइहाल्नुपर्ने स्थिति नआएको भन्दै किन विश्वासको मत लिनुभयो भन्ने आफूले बुझ्न नसकेको बताए । 

उनले प्रधानमन्त्रीले विश्वासको मत पाएपनि प्रतिपक्ष दलहरुको नाराबाजीका कारण नमज्जाको वातावरण बनेको बताए ।

उनले भने – ‘मलाई व्यक्तिगत रुपमा भन्ने हो भने विश्वासको मत यति छिटो लिइ हाल्नुपर्ने परिस्थिति थिएन प्रधानमन्त्रीलाई । किन लिनुभयो भन्नेकुरा मैले अहिलेसम्म पनि बुझ्न सकेको छैन । यद्यपी हामी सत्तापक्षकै हौँ । हामीले विश्वासको मत दियौँ पनि । १५७ मध्ये १० भोट हाम्रो पनि हो । हाम्रो तर्फबाट सरकार छोड्ने निर्णय नगरेको हुनाले पनि विश्वासको मत त दिनै पर्‍यो नि हाम्रै साथीहरु मन्त्री छन् । सरकारमा अर्को निर्णय नभएसम्म बस्छौँ । आजको दृश्य राम्रो भएन । आज विश्वासको मत लिनेजस्तो महत्वपूर्ण कुरामा पनि अत्यन्त नमज्जाको खालको वातावरण भयो । प्रमुख प्रतिपक्ष दल लगायतका साथीहरुले विपक्षमा भोट पनि हालेनन् । एक खालको वहिष्कार जस्तो भयो । शान्त वातावरणमा विश्वासको मत लिने वातावरण बनेन ।’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ