arrow

पुटिनविरुद्धको अभियान जारी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ६ आइतबार
putin-2024-05-10.jpg

काठमाडौँ । रूसका दिवंगत विपक्षी नेता एलेक्सी नाभाल्नीका निकट सहयोगी लियोनिद भोल्कोभले राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्धको आफ्नो अभियानबाट ‘कहिल्यै पछि नहट्ने’ बताएका छन् । 

नाभाल्नीको फेब्रुअरीमा आर्कटिक जेलमा मृत्यु भएको थियो । नाभाल्नीको मृत्युका लागि पुटिन जिम्मेवार रहेको वोल्कोभले बताएका छन् । 

लिथुआनियास्थित आफ्नो घरबाहिर मार्चमा भएको आक्रमणपछिको पहिलो टेलिभिजन अन्तर्वार्तामा भोल्कोभले बीबीसीको ‘सन्डे विथ लौरा कुएन्सबर्ग’ मा भने, “पुटिनलाई परास्त गर्न र भविष्यमा सुन्दर रूस निर्माण गर्न नाभाल्नीले हामीलाई कहिल्यै हार नमान्न र आफ्नो काम जारी राख्न आग्रह गरेका थिए । हाम्रो अभियान सफल नहुँदासम्म आन्दोलन जारी रहने छ ।”

भोल्कोभले शनिबार प्रसारित अन्तर्वार्तामा भने, “नाभाल्नी महान व्यक्ति, प्रेरणादायी व्यक्तित्व, एक सच्चा नायक र महान र धेरै सक्षम राजनीतिक नेता’ थिए । उनको मृत्युले ‘हाम्रो हृदयमा गहिरो चोट’ लागेको छ यसलाई निको पार्न निकै कठिन हुनेछ ।”
 
तर विपक्षी आन्दोलनको काम अब नाभाल्नीकी पत्नी युलियाले सम्हाल्ने बताए । 

भोल्कोभले सन् २०२३ सम्म दिर्वगत विपक्षी नेता नाभाल्नीको पूर्व चिफ अफ स्टाफ थिए भने उनले नाभाल्नीद्वारा स्थापना गरेको भ्रष्टाचारविरोधी सङ्गठन (एन्टी करप्सन फाउन्डेसन) को अध्यक्षको रूपमा काम गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ