arrow

नेतालाई अनुरोध

logo
शिरिष विलास, 
प्रकाशित २०८१ जेठ ५ शनिबार
shirish-vilas-81-2-5.jpg

देशका नेताहरू रहेको उच्च सिंहासन
जनताको पीर हेर, नहेर कुर्सीको आशन
किन फुल्दैन चाडपर्व, बत्तीको उज्यालो मैन 
किन बिग्रियो यो देश, खै कता गयो शान्ति र चैन ।

देशका सपनाहरू, कुर्सीमा बसेर जोड
धन सम्पत्ति छोडेर, जनताको हक नतोड
कसरी हुन्छ विकास, यो लोभको मातमा
हामी सबैको आशा छ तिम्रो हातमा ।

देशमा शान्ति, प्रगति र खुशी चाहिन्छ
भ्रष्टाचार, दुर्गति र ढुसी होइन
जनतालाई देखाउ गरेर सेवा
स्वतः आउँछ  हातमा मेवा ।

अनुरोध छ नेताहरू सबैलाई
मरेर लानु केही छ कि सोध आफैँलाई
मातृको ऋण यही जुनीमा तिर
अनि सक्छौ उठाउन झुकेको शिर !
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ