मधेसबाट एमाले पनि बाहिरियो, जसपा नेतृत्वको सरकार अल्पमतमा
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख ३० आइतबार
1.1k
Shares
तस्बिर – फाइल ।
धनुषा । नेकपा एमाले पनि मधेस सरकारबाट बाहिरिएको छ। एमालेबाट मन्त्री बनेका ५ जनाले आइतबार पदबाट राजीनामा दिएर सरकारबाट बाहिरिएका हुन् ।
मधेसमा एमालेका सरोजकुमार यादव भौतिक पूर्वाधार विकास मन्त्री, राजकुमार लेखि गृह, सञ्चार तथा कानुनमन्त्री, शत्रुघन सिंह कोइरी, स्वास्थ्य तथा जनसंख्यामन्त्री, प्रमोद जैसवाल शिक्षा तथा संस्कृतिमन्त्री तथा केशव राय स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारीमा थिए ।
यसअघि आइतबारै माओवादी केन्द्रका दुई मन्त्रीले पनि राजीनामा दिँदै सरकार छोडेको घोषणा गरेका थिए ।
योसँगै जसपा नेतृत्वको सरकार अल्पमतमा परेको छ ।
मधेश प्रदेशमा एमालेका २५ र माओवादी केन्द्रका ९ सांसद रहेका छन् । एमाले र माओवादी केन्द्र बाहिरिएसँगै सरकार अल्पमतमा परेको छ ।