arrow

मधेस प्रदेश 

प्रदेश सरकारबाट बाहिरियो माओवादी, मुख्यमन्त्री यादव अल्पमतमा [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख ३० आइतबार
madhesh-maoist.jpg

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । आइतबार नेकपा (माओवादी केन्द्र) बाट मन्त्री बनेका भरतकुमार साह र युवराज भट्टराईले मुख्यमन्त्री सरोजकुमार यादवलाई भेटेर राजीनामा बुझाएका हुन् । 

 उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपाल विभाजन भएसँगै त्यसको असर प्रदेश सरकारमा पर्न शुरु भएको हो ।  माओवादी केन्द्रले प्रदेश सरकारबाट समर्थन फिर्ता लिएसँगै मधेस सरकार अल्पमतमा परेको छ । प्रदेशका १ सय ७ प्रदेश सभा सदस्यहरूमध्ये मधेस सरकार बनाउन ५४ प्रदेश सभा सदस्यको समर्थन आवश्यक हुन्छ । 

पछिल्लो पटक ६१ प्रदेश सभा सदस्यहरूको विश्वासको मत पाएका मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको सरकारबाट माओवादी केन्द्रले समर्थन फिर्ता लिएसँगै प्रदेश सरकार अल्पमतमा परेको हो । 

प्रदेश सभामा माओवादी केन्द्रका ९ प्रदेश सभा सदस्य रहेका छन् । यसअघि आइतबार नै मधेस सरकारबाट नेकपा (माओवादी केन्द्र) बाहिरिएको थियो । 

साहलाई मुख्यमन्त्रीले वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी तोके पनि उनले सम्हाल्न स्वीकार गरेका थिएनन् । भट्टराई भने उद्योग तथा पर्यटन मन्त्री थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ