arrow

नियमावलीअनुसार काम गर्न विज्ञापन बोर्डको आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख २४ सोमबार
government-of-nepal.jpg

काठमाडौँ । विज्ञापन बोर्डले विज्ञापन (नियमन गर्ने) (पहिलो संशोधन) नियमावली, २०८० संशोधित नियमावली अनुसार  काम गर्न र गराउन आग्रह गरेको छ । 

सो नियमावली अनुसार सरकारी निकायले विज्ञापन वा सूचना प्रकाशन तथा प्रसारण गर्दा बोर्डको सूचना प्रविधि प्रणालीमार्फत सञ्‍चार माध्यममा पठाउनुपर्ने तथा सो बापतको रकम प्रकाशन तथा प्रसारण गर्ने कार्यालयले नै भुक्तानी गर्ने ब्यवस्था भएकोले संशोधित नियमावली बमोजिम गर्न गर्न गराउन बोर्डले अनुरोध गरेको हो । 

सो बमोजिम भए नभएको बोर्डले अनुगमन गर्ने र नभएमा कानून बमोजिम कारबाही हुनेसमेत बोर्डले प्रेस विज्ञप्ति जारी गरी जनाएको छ । 

बोर्डले उक्त नियमावी खारेजीको माग गर्दै अदालतमा रिट दायर गरेको भए पनि अदालतले उक्त नियमावलीको संशोधित व्यवस्थाले विज्ञापन एजेन्सीहरुको हकहितमा कुनै प्रतिकुल असर नपुर्याएको भन्दै खारेज गर्न अश्वीकार गरेकाले अब सोही अनुसार गर्न सम्बन्धित निकायलाई बोर्डले अनुरोध गरेको हो । 

यस्तो छ विज्ञप्ति–



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ