arrow

प्रदेशभर आज सार्वजनिक बिदा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख २४ सोमबार
public-holiday-sarwajanik-bida.jpg

काठमाडौँ । आज बागमती प्रदेशभर सार्वजनिक बिदा रहेको छ । बागमती मन्त्रिपरिषद्को बैठकले प्रदेशमा सरकारी काम काजको भाषा प्रयोगमा ल्याउने क्रममा आज प्रदेशभर सार्वजनिक बिदा दिएको हो । 

प्रदेशभित्र सरकारी काम काजको भाषाको रूपमा नेवारी र तामाङ भाषालाई आज वैशाख २४ गते काठमाडौँको वसन्तपुरमा एक समारोहको आयोजना गरी शुभारम्भ गर्ने प्रदेशका संस्कृति पर्यटन र सहकारीमन्त्री शैलेन्द्रमान बज्राचार्यले बताए । 

मन्त्रिपरिषद्को बैठकले वैशाख १२ गते निर्णय गरे अनुसार वैशाख २४ गते बिदा दिने सन्दर्भमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरेको छ । 

आज प्रदेश सरकारको स्वामित्वमा रहेको विभिन्न कार्यालय, सङ्घ संस्था, शिक्षण संस्था र औद्योगिक क्षेत्रमा सार्वजनिक बिदा हुने प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव पूर्णबहादुर दर्जीले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ