arrow

लिङ्देनको आरोप- प्रचण्ड विदेशीको दबाबमा सत्ता समीकरण परिवर्तन गर्दै हिँड्छन् [भिडियो]

यो कहिलेसम्म देशले धान्न सक्छ ?

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख २३ आइतबार
lingden-01-23.jpg

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशीहरूको दबाबमा सत्ता समीकरण परिवर्तन गर्दै हिँडेको आरोप लगाएका छन् । 

आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रममा अध्यक्ष लिङ्देनले प्रचण्डको प्राथमिकता सत्ता मात्रै रहेको जिकिर पनि गरे । सत्तामा जाने, देश लुट्ने र विगतमा आफूले लुटेका कारण हुने कारबाहीबाट जोगिने काम मात्रै ठुलो दलहरूले गरिरहेको उनको भनाई थियो । 

अध्यक्ष लिङदेनले देशलाई लुटाहाहरूबाट मुक्त गराउनका लागि आफ्नो पार्टीले मात्रै इमानदार भएर पहल गरिरहेको दाबी गरे । उनले मुलुकले लुटाहा तन्त्रलाई धान्न नसक्ने उल्लेख गर्दै त्यसबाट मुक्ति दिलाउने काममा लाग्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए ।

अध्यक्ष लिङदेनले भने, ‘नेपालको निर्णायकत्व नेपालीको हातमा हुनुपर्छ भनेर हामीले गत निर्वाचनमा मूल नारा बनाएका थियौँ । यो नारा किन अगाडि सारेका थियौँ भन्दा खेरी नेपालको सरकार कसेको हुनु पर्छ, कसको नेतृत्वमा हुनुपर्छ ? चुनावमा पनि कुन पार्टी, कुन पार्टी मिलेर चुनाव लड्नुपर्छ ? भन्ने कुरा समेत विदेशीहरूले तय गर्न थाले । अहिले त्यही कुरा भइराखेको छ । विदेशीहरूको दबाब, प्रभावमा भइरहेको प्रधानमन्त्री समीकरण परिवर्तन गरेर हिँड्छ । अहिले देशको स्थिति के छ ? तपाई भोलि बिहान उठ्दा खेरी प्रधानमन्त्री आफैँले समीकरण परिवर्तन गरिसकेको हुन्छ । उनीहरूको प्राथमिकतामा सत्ता मात्रै छ । सत्ता मात्रै छ होइन कि सत्ता के, का लागि छ ? भन्दा खेरी एउटा त मिलिजुली बाँकी रहेको देशमा लुट्ने र अस्ती लुटेको कारबाहीबाट जोगिने । यसबाट जोगिनका लागि उनीहरू जोडिने । यो कहिलेसम्म देशले धान्न सक्छ ? यो अवस्था हामीले कहिलेसम्म हेरेर बस्नसक्छौं ? यो अवस्थाबाट देशलाई मुक्त गर्नुपर्छ । देशलाई यो अवस्थाबाट मुक्त गर्नुपर्छ भन्ने इमानदार राजनीतिक पार्टी भनेको राष्ट्रिय प्रजातन्त्र पार्टी मात्रै हो ।’

अध्यक्ष लिङदेनले आफूहरूले गत निर्वाचनअघि नै नेपालको सरकार बनाउने निर्णय नेपाली जनताको हातमा हुनुपर्छ भन्ने एजेन्डा बोकेको र त्यसलाई कार्यान्वयनमा लैजानका लागि प्रयासरत रहेको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ