arrow

बजेटको तयारी अन्तिम चरणमा- प्रधानमन्त्री [भिडियो]

सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख २३ आइतबार
prachanda-01-22.jpg

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट निर्माणको कामलाई अन्तिम चरणमा पुर्‍याएको बताएका छन् । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको २२ औँ स्थापना दिवसको अवसरमा अवसरमा आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकारले आगामी आर्थिक वर्षको नीति र कार्यक्रम निर्माणको अन्तिम तयारीमा जुटेको र बजेट वक्तव्यको तयारी पनि अन्तिम चरणमा पुर्‍याएको बताएका हुन् । 

प्रतिष्ठानका कुलपति समेत रहेका प्रधानमन्त्री दाहालले सरकारले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका मागहरू सम्बोधन गर्ने आश्वासन दिए । उनले आम नागरिकलाई गुणस्तरीय सेवा पुर्‍याउने राष्ट्रिय आवश्यकतालाई सम्बोधन गर्न पनि सो प्रतिष्ठान सफल हुने विश्वास व्यक्त गरे । प्रधानमन्त्री दाहालले वीर अस्पताललाई आम नागरिकको आशा र भरोसा केन्द्र बनाउन आवश्यक चिकित्सकीय जनशक्ति, उपकरण तथा बजेटको व्यवस्थामा सरकारले प्राथमिकता दिने पनि बताए ।

उनले भने, ‘नेपालको संविधानले स्वास्थ्यको हकलाई जनताको मौलिक हकको रूपमा प्रत्याभूत गरेको अवस्थामा आम नागरिकलाई गुणस्तरीय सेवा पुर्‍याउन राज्यको प्रमुख भूमिका हुनेतर्फ प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण रहनेछ । प्रतिष्ठानले आफ्नो कार्यलाई अझ बढी निरन्तरता दिने, क्षमता बढाउने र उच्चस्तरीय अध्ययन र अनुसन्धानलाई विशेष ध्यान दिई राष्ट्रिय आवश्यकतालाई सम्बोधन गर्ने छ भन्ने मैले विश्वास लिएको छु । यतिबेला सरकार अर्को वर्षको नीति, कार्यक्रम र बजेटको अन्तिम तयारीमा जुटिरहेको छ । त्यसै गरी बजेट वक्तव्यको तयारी पनि अन्तिम चरणमा गएको छ । यस्तो बेलामा यो चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको २२ आंै स्थापना दिवस सम्पन्न हुँदैछ । म के विश्वास दिलाउन चाहन्छु भने तपाईँहरूले यो पटक यहाँ उठाउनुभएको कयौँ कुराहरू नीति, कार्यक्रम र बजेटमा सम्बोधन गरिनेछ भन्ने विश्वास व्यक्त गर्दछु ।’

प्रधानमन्त्री दाहालले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानले अध्ययन र अनुसन्धानलाई विशेष ध्यान दिई स्वास्थ्य क्षेत्रको आवश्यकता सम्बोधन गर्न पनि उल्लेखनीय योगदान पुर्‍याउने सरकारको अपेक्षा रहेको बताए । वीर अस्पताललाई आम नागरिकको आशा र भरोसाको केन्द्र बनाउन आवश्यक चिकित्सकीय जनशक्ति, उपकरण तथा बजेटको व्यवस्थामा सरकारले प्राथमिकता दिने बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ