arrow

ललितपुरको ग्वार्कोमा आगलागी, एकै परिवारका पाँच घाइते 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख २३ आइतबार
fire-final.jpeg

पाटन । ललितपुरको ग्वार्कोमा आगलागी भएको छ । त्यहाँ रहेको टहरोमा आगलागी हुँदा पाँच जना घाइते भएका छन् । मोबिल स्टोर गरिएको टहरोमा आगलागी हुँदा एकै परिवारका पाँच जना घाइते भएका छन् ।

 

जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक तथा सूचना अधिकारी नरेशराज सुवेदीले आज बिहान बाफलस्थित मोबिल सङ्कलन गरी राखिएको एक टहरोमा आगलागी हुँदा तीन बालबालिकासहित पाँच जना घाइते भएका जानकारी दिए । घाइतेहरूलाई उपचारका लागि अस्पताल पठाइएको छ ।

घाइते हुनेमा रौतहट घर भएका सञ्जय गिरी, उनकी श्रीमती रुपा,  १५ वर्षीय छोरा नित, ८ वर्षीया छोरी प्रिया र ३ वर्षीया छोरी एलिसा हुन् ।

छोराछोरीहरुको अवस्था गम्भीर भएको बताइएको छ । सबैको अस्पतालमा उपचार भइरहेको छ । आगो लागेको एकघण्टाभित्रै नियन्त्रणमा लिइएको थियो । जसका कारण अन्यत्र सर्न नपाएको प्रहरीले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ