arrow

पोखरास्थित बिजुली पसलमा आगलागी, सवा करोडको क्षति

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख २० बिहिबार
aaglagi-pokhara-amarshing.jpg

पोखरा । पोखरा महागरपालिका वडा नं. १० अमरसिंहचोकस्थित सांग्रिला सप्लायर्स बिजुली पसलको गोदाममा भीषण आगलागी भएको भएको छ ।

बुधबार राति करिब १०ः२० बजे आगलागी हुँदा एक करोड २५ लाख रुपैयाँ बराबरको सामान जलेर क्षति भएको अनुमान गरिएको छ ।

गोदाममा रहेका बिजुलीसम्बन्धी सबै सामान जलेर नष्ट भएको सञ्चालक ध्रुव मरासिनीले जानकारी दिए ।

उनले भने, ‘गोदाममा रहेका अधिकांश सामान जले । बाँकी रहेका केही सामान पनि काम नलाग्ने अवस्थामा छन् । आगो निभाउनेक्रममा प्रयोग गरिएको पानीले पनि सबै खत्तम भयो ।’

स्याङ्जा निवासी मरासिनीले पोखरामा रहेर २० वर्षदेखि बिजुलीसम्बन्धी व्यवसाय गर्दै आइरहेका छन् । उनले घर भाडामा लिएर गोदाम राखेका थिए ।

आगलागी भएको १० मिनेटमै दमकल पुगेको भएपनि सबै सामान जल्न पुगेको सञ्चालक मरासिनीको भनाइ छ ।

दुई वटा दमकलको सहायताले नेपाल प्रहरी, सशस्त्र प्रहरीसँगै स्थानीयले करिब आधा घण्टामा आगो नियन्त्रणमा लिएका थिए ।

विद्युत सर्ट भएर आगलागी भएको भएको छ । आगलागीबारे अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ