arrow

रगत र पसिनाको गन्ध जुन माटोमा बग्छ, त्यो माटो सुगन्धित हुन्छ : मुख्यमन्त्री

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १९ बुधबार
khagraj-adhikari-gandaki.jpg

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले हरेक मानिसले श्रममा विश्वास गर्नुपर्ने बताएका छन् । १३५ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा पोखरामा आयोजना भएको श्रमिक सभामा मुख्यमन्त्री अधिकारीले श्रमको सम्मान नगर्नेहरू असभ्य नागरिक भएको टिप्पणी गरे ।

‘श्रम हामीहरूका लागि अत्यन्त मूल्यवान् विषय हो, श्रमबाट नै राष्ट्रिय पुँजी निर्माण हुन्छ, रगत र पसिनाको गन्ध जुन माटोमा बग्छ, त्यो माटो सुगन्धित हुन्छ, त्यहीँ माटोको सम्मान गर्न मे दिवसले प्रेरणा दिनेछ’, उनले भने ।

उनले नेपालमा अधिकार प्राप्तिको आन्दोलन सकिएर श्रमिक वर्गको हक, हितका लागि ऐन कानुन निर्माण भएपनि पूर्ण कार्यान्वयन भइनसकेको बताए । यसको कार्यान्वयनका लागि रोजगारदाता र श्रमिक दुवैले आफ्नो कर्तव्य र दायित्व बुझ्न सक्नुपर्नेमा उनको जोड छ ।

मुख्यमन्त्री अधिकारीले सामाजिक विकास मन्त्रालयमा निष्कृय जस्तो देखिएको समन्वय केन्द्रलाई सक्रिय बनाउँदै श्रमिकको हितको लागि कार्यगर्ने प्रतिवद्धता जनाए ।

‘तपाईँहरूसँग निरन्तर सहकार्य गर्दै रोजगारदाता, सरकार र श्रमिकको बीचमा आपसमा समन्वय गरेर अत्यन्त श्रममैत्री र उद्योगमैत्री वातावरण बनाएर मे दिवसमा खुसी साट्ने गरी अगाडि बढ्न सम्पूर्ण प्रयत्नहरू केन्द्रित गर्नेछु’, उनले भने ।

गण्डकी प्रदेश सरकार समृद्ध प्रदेश खुशी प्रदेशवासी बनाउने भन्दै उनले प्रष्ट धारणाका साथ अगाडि बढिरहेको बताए । ‘जबसम्म उद्योग फस्टाउन सक्दैन तबसम्म रोजगारी प्राप्त हुन सक्दैन । देशको स्वाधीन अर्थतन्त्र निर्माण हुन सक्दैन’, उनले भने ।

श्रम क्षेत्रबाट प्राप्त भएका महत्वपूर्ण सुझावलाई व्यवस्थित ढंगले सूत्रबद्ध गर्दै काम गर्ने उनको प्रतिवद्धता थियो ।

नेपाली कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले आफ्नो पार्टी श्रमिकका मुद्दामा सधैँ गम्भीर रहेको भन्दै श्रम क्षेत्रका माग र मुद्दा सम्बोधनका लागि सहकार्य गर्न तयार रहेको बताए ।

नेकपा (माओवादी केन्द्र) की नेतृ गायत्री गुरुङले सबै क्षेत्रमा काम गर्ने मजदुरलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गर्न सरकार तयार हुनुपर्ने बताइन् । उनले समान काममा लैङ्गिक आधारमा फरक ज्याला दिएर विभेद हुने गरेकाले यो अवस्था अन्त्यका लागि सबै राजनीतिक दल तथा सरकारले सकारात्मक भूमिका खेल्नुपर्ने आवश्यकता औँल्याइन् ।

मजदुर नेता मुरारी शर्माले मजदुरहरु हरेक दिन असुरक्षित हुँदैगएका भन्दै श्रम आयोग गठन गरी श्रम क्षेत्रका समस्या समाधानमा जोड दिनुपर्ने धारणा राखे ।

यसअघि पोखराको बसपार्कर्वबाट श्रमिकहरुसहित ¥याली निकालिएको थियो । र्यालीमा श्रमिकका अधिकार स्थापित गर, सामाजिक सुरक्षा कोषको ग्यारेन्टी गर, मङ्हगी नियन्त्रण गर, श्रमिक आयोग गठन गरजस्ता नारालगाइएका थिए ।

सभामा एमाले गण्डकी प्रदेश सचिव धनञ्जय दवाडी, नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) उपाध्यक्ष जितेन्द्र श्रेष्ठ, नेपाल ट्रेड युनियन कांग्रेस उपाध्यक्ष राधिका कुइँकेल, अखिल नेपाल ट्रेड युनियन महासंघ उपाध्यक्ष सोमबहादुर थापा, जिफन्ट गण्डकी अध्यक्ष रुद्र खत्री र संयुक्त ट्रेड युनियन समन्वय केन्द्र गण्डकीका सदस्य रुद्र गौतम लगायतले बोलेका थिए ।

यसअघि पोखराको बसपार्कबाट श्रमिकहरुसहित र्याली निकालिएको थियो । र्यालीमा श्रमिकका अधिकार स्थापित गर, सामाजिक सुरक्षा कोषको ग्यारेन्टी गर, महंगी नियन्त्रण गर, श्रमिक आयोग गठन गरजस्ता नारालगाइएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ