arrow

सत्ताइस सय कर्मचारी हटाउँदै टेस्ला

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १२ बुधबार
elon-musk-tesla.jpg
तस्बिर – फाइल ।

टेक्सास । एलन मस्कको कम्पनी टेस्लाले हाल कार्यरत कर्मचारी हटाउने क्रम जारी राखेको छ । सो क्रममा टेस्लाले आफ्नो टेक्सास कारखानामा कार्यरत २ हजार ६८८ कर्मचारीहरूलाई हटाउने भएको छ ।

इलेक्ट्रिक बाहन निर्माण कम्पनीले एक सूचनामार्फत कर्मचारी हटाउने घोषणा गरेको जनाइएको छ । कर्मचारी समायोजन र पुनः प्रशिक्षण सम्बन्धी सूचनासँगै कर्मचारी कटौती गर्ने जनाएको हो ।

सन् १९८८ को चेतावनी ऐन एक अमेरिकी श्रम कानून हो जसमा १०० वा सो भन्दा बढी कर्मचारीहरू भएका कम्पनीहरूलाई योजनाबद्ध बन्द वा सामूहिक कटौतीको ६० दिन अगाडि सूचित गर्न आवश्यक रहेको छ । 

सोही कानूनअनुसार कर्मचारी कटौती गर्न लागेको जनाएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ