arrow

झिलझिलेमा मोटरसाइकल जीपसँग ठोक्किँदा तीन जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १२ बुधबार
Accident-sign.jpg

झापा । झापाको शिवसताक्षी–८ झिलझिलेमा आज बिहान भएको सडक दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । 

पूर्वपश्चिम राजमार्गअन्तर्गत दमकबाट सुरुङ्गातर्फ जाँदै गरेको मे ३ प ५००१ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र.१–०१–००१ च ९३२९ नम्बरको जीप एकआपसमा ठोक्किदा मोटरसाइकलमा सवार तीनै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णकुमार चन्दले जानकारी दिए । 

उनीहरूको उपचारका क्रममा मृत्यु भएको हो । जीप चालकलाई इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान थालेको छ । मृतकको सनाखत हुन बाँकी छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ