arrow

एमाले अध्यक्ष ओलीको नजरमा रास्वपा ‘प्रियतावादी शक्ति’ 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख ८ शनिबार
kp-oli-meeting-81-01-08.jpg

ललितपुर । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीको उदय र नेपाली कांग्रेसको शक्ति विस्तारलाई विवेचनायोग्य घटनाको रुपमा चित्रण गरेका छन् । 

शनिबार ललितपुरको गोदावरीस्थित सनराइज हलमा आयोजित पार्टीको महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै उनले सो कुरा बताएका हुन् । 

अध्यक्ष ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीलाई प्रियतावादी शक्तिको रुपमा र नेपाली कांग्रेसलाई परम्परावादी दक्षिणपन्थी शक्तिको रुपमा उल्लेख गर्दै ती दुवै पार्टीको गत निर्वाचनमा भएको उदय र शक्ति विस्तार नयाँ र विवेचनाको विषय भएको बताए । 

उनले संविधानका मूल विषयमा अस्पष्ट र असहमत रहनेहरुको संख्या निर्वाचनपछि प्रतिनिधि सभामा उल्लेख्य भएकाले मुलुकमा राजनीतिक अस्थिरता झनै बढेर गएको निष्कर्ष पनि सुनाए । 

ओलीले निर्वाचन परिणामकै कारण आज मुलुकले ठूलो मूल्य चुकाउनु परेको उल्लेख गर्दै राष्ट्र र जनताको पक्षमा काम गर्न एमालेले सकारात्मक शक्तिहरुलाई साथमा लिएर अघि बढ्न जरुरी रहेको बताए । 

ओलीले लोकतान्त्रिक गणतन्त्रको विकल्प कुनै पनि खालको निरंकुशता हुनै नसक्ने पनि बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ