arrow

कोशी प्रदेशसभाको विशेष अधिवेशन

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख ६ बिहिबार
Koshi Pradesh.jpg

विराटनगर । कोशी प्रदेशको आज दिउँसो १ बजे विशेष अधिवेशन शरु हुने भएको छ । 

कोशी प्रदेशसभा सदस्यको सङ्ख्याको एक चौथाइभन्दा बढी सदस्यले गत चैत २६ गते लिखित अनुरोधसहित अधिवेशनको माग गरेका थिए ।

प्रदेश प्रमुख परशुराम खापुङले प्रदेशसभा सदस्यहरूको मागअनुसार नेपालको संविधानको धारा १८३ को उपधारा (३) बमोजिम आज दिउँसो १ बजे प्रदेशसभा हल विराटनगरमा सो अधिवेशन आह्वान गरेको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

गत चैत २६ गते मुख्यमन्त्री केदार कार्कीले मन्त्रिपरिषद् बैठकबाट निर्णय गराई आगामी जेठ ११ गते छैटौँ अधिवेशनको माग गरेका छन् ।  



नयाँ