arrow

रहेनन् गजलकार एवं गीतकार प्रकट पँगेनी शिव

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख ४ मंगलबार
prakat-pageni-shiva.jpg
तस्बिर – फाइल ।

पोखरा । गजलकार एवं गीतकार प्रकट पँगेनी ‘शिव’को निधन भएको छ । जण्डिस र निमोनियाबाट पीडित उनको ७० वर्षको उमेरमा आज निधन भएको हो ।

उनको पोखराको मणिपाल शिक्षण अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । शिव कास्कीको रुपा गाउँपालिका वडा नं. ५ देउराली निवासी हुन् । उनका श्रीमती, एक छोरा र एक छोरी छन् ।

प्रकटका कविता, गजलका किताब प्रकाशित छन् । उनका ‘तगारो छेउ आएर पनि आँगनी टेकिनौ’जस्ता गीत पनि चर्चित छन् ।

स्व. पँगेनीको बुधबार अन्त्येष्टि गरिने बताइएको छ । उनको निधनप्रति पोखरेलीले दुःख व्यक्त गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ