arrow

चैतेदशैँ तथा श्रीगणेशको प्रिय दिनमा राशिफल

logo
ज्यो. हरि पन्त,
प्रकाशित २०८१ वैशाख ४ मंगलबार
rashifal-horoscope-1.jpg

आजको पञ्चाङ्ग

मिति २०८१ वैशाख ४ गते मंगलबार, इस्वीसंवत अप्रिल १६ तारिक सन् २०२४, शालिवाहनीयशाके १९४६, नेपाल संवत् ११४४, कालयुक्तनाम संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा छन् । वसन्त ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार चैत्रशुक्लपक्ष चलिरहेको छ । सौरमान अनुसार आज चैत्रशुक्लपक्षको अष्टमी तिथि दिनमा ४ः४६ बजेसम्म त्यसपछि नवमी तिथि लाग्नेछ । नक्षत्रमा पुनवर्सु बिहानमा ६ः३८ बजेसम्म त्यसपछि तिष्य लाग्नेछ । विष्कुम्भादि योगमा धृति ५१ घटि ३५ पलासम्म त्यसपछि शूल योग लाग्नेछ । करणमा बालब अहोरात्र रहनेछ । आनन्दादि योगमा स्थिर रहनेछ ।

सूर्य मेष राशिमा, चन्द्रमा कर्कट राशिमा रहनेछ । आज दिनमान ३२ घटि १ पला अर्थात १२ घण्टा ५० मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ५ः४० बजे जयदेव मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ६ः२९ बजे हुनेछ । यस्तै, चन्द्रमा उदाउने समय बिहानमा ११ः५० बजे र अस्ताउने समय राति १ः२३ बजे रहेको छ । आज सेतो मच्छिन्द्रनाथ जात्रा, चैते दशैं, भौमाष्टमी व्रत गर्ने दिन र गोरखकाली पूजा गर्ने दिन रहेको छ । 

आजको राशिफल

मेषः आज समय मध्यम रहनेछ । व्यापार व्यावसायमा लगानी गर्नका लागि केही दिन कुर्नुहोला । आर्थिक व्यवस्थापनका लागि गरिने काम अन्तिम निष्कर्षमा नपुगि बिचमा नै अवरुद्ध हुन सक्छ, ध्यान दिनुहोला । हरेक क्षेत्रमा अवसरवादी हावी हुनाले काम समयमा सम्पन्न गर्न कठिन हुनेछ । पढाई लेखाईमा एकरुपमा नहुँदा अरुभन्दा पछि परिनेछ । प्रेममा अविश्वास तथा धोका हुने सम्भावना छ । बिहान भन्दा बेलुकाको समय उत्तम रहेकोले नयाँ काम गर्न सकिने योग छ ।

वृषः आज पनि समय शुभ छ । व्यापार व्यावसायमा लगानी बढाई आम्दानी बढाउन सकिने छ । भौतिक सम्पति तथा मानव निर्मित वस्तु प्राप्तिको योग छ । लामो समयदेखि भेट नभएका मित्रसँग भेट हुनेछ भने माया प्रेममा आत्मीयताको बढोत्तरी हुनेछ । रमाइलो यात्रा तय हुनेछ । विद्यार्थीले अध्ययनमा सफलता पाउनेछन् भने गुरुको राम्रो सहयोग पाईने हुँदा गन्तव्य पहिल्याउँन सहज हुने छ ।

मिथुनः आज पनि समय त्यत्ति शुभ छैन । आत्मीय मित्रका सहयोग नपाउदा थालेका काम बिचमा छोड्नु पर्ने हुन सक्छ । व्यापार व्यवसायमा समय दिन सकिने छैन भने सोचेजस्तो आम्दानी नहुँदा दैनिक खर्च जुटाउन मुस्किल पर्नेछ । समय प्रतिकूल बन्नेछ भने यहि बेलामा आय आम्दानीका बाटाहरु साँघुरा हुनेछन् । लामो दूरीको यात्रामा पनि समस्या हुने देखिएको छ । दिनमा ३ बजेपछिको समय राम्रो रहेकोले प्राकृतिक स्रोत साधनको प्रयोगमार्फत मनग्गे धन आर्जन गर्न सकिनेछ ।

कर्कटः आज पनि समय निकै महत्वपूर्ण छ । आफन्त तथ मावली पक्षको सहयोग पाईने हुनाले कामहरु गर्न शरिरमा उर्जा पैदा हुनेछ । प्रतिस्पर्धीलाई हराउँदै सकारात्मक नतिजा हात पार्न सकिनेछ । व्यापारमा बढोत्तरीको योग रहेकोछ भने थोरै लगानीबाट यथेष्ट लाभ लिन सकिनेछ । अदालती निर्णयहरु तपाईकै पक्षमा आउने भएको हुनाले न्याय पाएको अनुभूति हुनेछ । प्रेममा रमाउन चाहनेका लागि समय उत्तम रहेकोछ । 

सिंहः आज पनि समय खराब छ । बिवाद तथा प्रतिस्पर्धामा आज भाग नलिनुहोला ऋणात्मक नतिजा आउनेछ । व्यापार व्यवसायमा गरिएको लगानीबाट नाफा कमाउन निकैनै संघर्ष गर्नुपर्ला । विद्यामा सोचेजस्तो प्रगति गर्न बढीनै समय दिनुपर्ला । सामान्य स्वास्थ्यसम्बन्धी समस्याले सताउनेछ । ऋण लाग्ने तथा खर्च बढ्ने हुदा मन चिन्तित हुनेछ । प्रेममा समेत अविश्वासको वातावरण सिर्जना हुनेछ ।

कन्या : आज पनि समय राम्रै छ । विभिन्न अवसरहरु आउँने हुँदा त्यसलाई क्याच गरि मनग्ने आम्दानी गर्न सकिनेछ । पढाई लेखाईमा सोचेजस्तै प्रगति हुने हुनाले आफन्त तथा गुरुहरु प्रशन्न हुनेछन् । छोटो तथा रमाईलो यात्राको अधिक सम्भावना रहेको छ भने व्यापारमा प्रशस्त नाफा कमाउन सकिनेछ । दाम्पत्य जीवनमा विश्वासको वातावरण अझ बढेर जाने हुनाले घर परिवारमा खुसियाली छाउनेछ ।

तुलाः आज पनि समय मध्यम खालको छ । दाजुभाई तथा छिमेकीसँग रुपैया पैसाको कारोबार गर्दा ध्यान दिनुहोला । भविष्यमा विवाद सिर्जना हुन सक्छ । असजिलो तथा अप्ठ्यारा परिस्थितिको सामना गर्नुपर्दा दैनिक कामकाज गर्न गाह्रो हुँनेछ । स्वास्थ्यसम्बन्धी सामान्य समस्याले सताउन सक्छ ध्यान दिनुहोला । अध्ययनमा रुची नजाँदा अरुभन्दा पछि परिनेछ । कृषि तथा पशुपालन व्यवसायमा भने लगानी बढाई आम्दानी गर्न सकिनेछ ।

वृश्चिकः आज पनि समय उपयुक्त छैन । साथीभाई तथा आफन्तबाट विश्वासघात तथा धोका हुनेछ भने स्वास्थ्यसम्बन्धी समस्या आउन सक्छ ध्यान दिनुहोला । राज्य पक्षबाट अनावश्यक झै झमेला आईलाग्न सक्छ । मान-सम्मान तथा प्रतिष्ठामा कमिकाे महसूस हुनेछ । पढाई लेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिने सम्भावना रहेको छ । व्यवसायमा समय दिए पनि आम्दानी गर्न मुस्किल पर्नेछ ।

धनुः आज पनि समय राम्रै रहने छैन । विद्यामा अरु भन्दा पछि परिने हुँदा मन खिन्न हुँनेछ । समयमा काम नबन्ने तथा बनेको काम बिग्रने हुँदा मनमा निराशा पैदा हुनेछ । व्यवसायमा लगानी गरेपनि आम्दानी थोरै हुँने हुँदा दैनिक गुजारा गर्न गाह्रो हुनेछ । मध्यान्हदेखि पूरानो रोग तथा समस्याहरु स्वत: ठिक भएर जानेछन् । मामा तथा मावलीबाट तपाइँको काममा सहयोग हुँनेछ । पढाई लेखाईमा अरुभन्दा अग्रपंतिमा तपाईको नाम आउँनेछ ।

मकरः आज पनि स्वास्थ्य भरपर्दो रहनेछ । आम्दानीका स्रोत पहिल्याउन सकिनेछ भने सामाजिक काम गर्दै नाम कमाउन सकिनेछ । नौलो प्रकृतिको काम गरी आयस्रोतमा बृद्धि गर्न सकिनेछ । घर परिवारमा सुखद् समाचारले थप उत्साह जगाउनेछ । विभिन्न किसिमका भौतिक लाभ हुने छन भने सवारी साधन प्राप्तिको योग रहेको छ । मध्यान्हपछि लामो दूरीको विदेश यात्राको तय हुनेछ भने खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्यसम्बन्धी समस्या आउँन सक्छ ।

कुम्भः आज पनि दिन तथा समय राम्रा छन् । धार्मिक कार्यमा मन जाने तथा मन्दिर तथा धार्मिक अनुष्ठानतिरको यात्रा गर्न सकिनेछ । लामो दुरीको धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ । भाग्यले साथ दिने हुदा सानो प्रयत्नले कामहरु बन्नेछन् । अध्ययन तथा अनुसन्धानको क्षेत्रमा तपाईकै वर्चस्व रहनेछ । व्यापार व्यवसायमा साथीभाई तथा आफन्तको सहयोग हुनेछ । नयाँ काम पाउँने तथा बढुवा हुने योग रहेको छ ।

मीनः आज पनि समय भरपर्दो रहनेछैन । स्वास्थ्यमा कमजोरी देखिने हुँदा दैनिक कामकाजमा समस्या पैदा हुन सक्छ ध्यान दिनुहोला । अप्रिय समाचारले दुखी बनाउँनेछ । व्यापार व्यवसायमा नाफा कमाउन निकै समय खर्चनु पर्नेछ । दाजुभाई तथा छिमेकीसँग अनावश्यक विवाद हुनसक्छ भने तपाईले शुरु गर्नुभएको काममा बाधा तथा अवरोधहरु खडा गर्नेछन् । पढाई लेखाईमा अरुभन्दा पछि परिने चिन्ताले सताउनेछ ।

साइतः सूर्य मेष राशिमा, चन्द्रमा कर्कट राशिमा रहनेछ । त्यसैले पश्चिम बाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज मंगलबार परेकाले उत्तर दिशाको यात्रा गर्दै नगर्नुहोला । आज दक्षिण, पूर्व र उत्तरतर्फको यात्रा पनि बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।

शुभ लाभादि बेला (दिवा)

बिहान ५ः४१ बजेदेखि     ७ः१७ बजेसम्म   रोग बेला
बिहान ७ः१७ बजेदेखि    ८ः५२ बजेसम्म    उद्धेग बेला
बिहान ८ः५२ बजेदेखि    १०ः२८ बजेसम्म   चर बेला
बिहान १०ः२८ बजेदेखि    १२ः०४ बजेसम्म  लाभ बेला
मध्यान्ह १२ः०४ बजेदेखि    १ः४० बजेसम्म   अमृत बेला
दिनमा १ः४० बजेदेखि    ३ः१५ बजेसम्म     काल बेला
दिनमा ३ः१५ बजेदेखि    ४ः५१ बजेसम्म     शुभ बेला
दिनमा ४ः५१ बजेदेखि    ६ः२७ बजेसम्म    रोग बेला

शुभ लाभादि बेला (रात्रि)

साँझ ६ः२७ बजेदेखि    ७ः५१ बजेसम्म   उद्धेग बेला
साँझ ७ः५१ बजेदेखि    ९ः१५ बजेसम्म    चर बेला
राति ९ः१५ बजेदेखि    १०ः३९ बजेसम्म    लाभ बेला
राति १०ः३९ बजेदेखि    १२ः०३ बजेसम्म   अमृत बेला
राति १२ः०३ बजेदेखि    १ः२७ बजेसम्म    काल बेला
राति १ः२७ बजेदेखि     २ः५२ बजेसम्म    शुभ बेला
रातिमा २ः५२ बजेदेखि   ४ः१६ बजेसम्म   रोग बेला
बिहानमा ४ः१६ बजेदेखि   ५ः४० बजेसम्म  उद्धेग बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समय : दिनमा ३ः०० देखि ४ः३० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

नोट : यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ