arrow

गण्डकी प्रदेशमा आज सार्वजनिक बिदा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख ४ मंगलबार
public-holiday-sarwajanik-bida.jpg

कास्की । आज गण्डकी प्रदेशले सार्वजनिक बिदा दिएको छ । चैत्र शुक्ल अष्टमी (चैते दसैँ) का अवसरमा प्रदेशभरका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा दिएको हो । 

मन्त्रिपरिषद्को गत चैत ९ गतेको बैठकले गण्डकीमा विभिन्न चाडपर्व तथा दिवसमा बिदा दिने निर्णय गरेको थियो । 

मन्त्रिपरिषद्ले गरेको बिदाको निर्णय प्रदेश राजपत्रमा समेत प्रकाशित भइसकेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव प्रवीण ढकालले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ