arrow

भिडियोमा नागढुंगा सुरुङमार्गको मुख्य सुरुङको ‘ब्रेक थ्रु’

नागढुंगा सुरुङमार्ग निर्माणले पूर्णता पाएसँगै नेपाल सुरुङ युगमा प्रवेश -प्रधानमन्त्री

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख ३ सोमबार
nagdhunga-surung-marga-51-01-03.jpg

काठमाडौँ । नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको मुख्य सुरुङ आज ब्रेक थ्रु गरिएको छ  । चन्द्रागिरि नगरपालिकाको बलम्बुदेखि धादिङको सिस्नेखोला जोड्ने यो सुरुङमार्ग आयोजनाको मुख्य सुरुङको लम्बाइ दुई हजार छ सय ६७ मिटर रहेको छ । 

नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाको मुख्य सुरुङको ‘ब्रेकथ्रु’ प्रधानमन्त्री पुष्पकमल दाहालले गरेका छन् ।  प्रधानमन्त्री दाहालले नागढुंगा सुरुङमार्ग निर्माणले पूर्णता पाएसँगै नेपाल सुरुङ युगमा प्रवेश गरेको बताए । 

उनले सुरुङ मार्गको ‘ब्रेकथ्रु’ भएर निर्माण सम्पन्न भएपश्चात् नागढुङ्गा क्षेत्रमा हुने गरेको ट्राफिक जाम, उकालो सडक,सडक सुरक्षाका हिसाबले कायम रहेको जोखिम, वर्षा याममा हुने पहिरोको उच्च जोखिम लगायतका समस्या समाधान गर्नका लागि यो आयोजनाको परिकल्पना गरिएको बताए । 

उनले सुरुङ मार्ग निर्माणपश्चात् सुरुङमार्गले उपत्यकाबाट बाहिरिने सडकको अवस्था सुधार गरी यात्राको समय र यातायात सञ्चालनको खर्च घटाउने बताए । ट्राफिक र सडक सुरक्षामा सुधार गरी काठमाडौं र देशका अन्य प्रमुख शहरहरु बीचको सहज यातायात सञ्जालमा योगदान पुर्‍याउने उनको भनाई छ । 

प्रधानमन्त्री दाहालले आगामी योजनामा राष्ट्रिय राजमार्गहरूमा सुरुङ मार्ग,फ्लाइओभर तथा अण्डरपास सहितको आधुनिक सडक सञ्जाल बिस्तार तथा निर्माण गर्ने सरकारको नीति रहेको बताए ।

आयोजनाको उद्धार सुरुङ ‘रेस्क्यु टनेल’ भने गत साउनमै ब्रेक थ्रु भइसकेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ