arrow

८० सालको अन्तिममा मन्त्रिपरिषद्को बैठकले गर्‍यो यस्तो निर्णय [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख २ आइतबार
rekha-sharma-81-01-02.jpg

काठमाडौँ ।  २०८० सालको अन्तिम चैत ३० गते बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न निर्णय गरेको छ । 

सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले आइतबार मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक गरेकी हुन् ।  

प्रवक्ता शर्माका अनुसार सरकारले राष्ट्रिय सभाको रिक्त सदस्य पदमा डा. अञ्जान शाक्यलाई मनोनयन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ।

 सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ३ बमोजिम दुवै आयोगका अध्यक्ष तथा सदस्यको नियुक्ति सिफारिस गर्न सिफारिस समिति गठन गर्ने निर्णय गरेको छ । 

आयोगको अध्यक्षमा सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश ओमप्रकाश मिश्रलाई तोक्ने निर्णय गरेको छ । त्यस्तै राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष वा निजले तोकेको सो आयोगको सदस्य सदस्य रहने व्यवस्था रहेको छ । 

मानव अधिकारवादी मनोविज्ञान व्यक्ता, विधि विज्ञान व्यक्ता, द्वन्द्वविद् समाजशास्त्री, महिला अधिकारकर्मी, शान्ति प्रक्रिया सम्बन्धी व्यक्तिहरू मध्येबाट सदस्यहरू रहने व्यवस्था रहेको बताइन् । 

सर्वोच्च अदालतका पूर्व न्यायाधीश जगदीश शर्मा पौडेल सदस्य, डा. अर्जुनकुमार कार्की सदस्य,स्टेला तामाङ सदस्य अन्तर्गत हाम्रो सिफारिस समिति बनेको बताइन् । त्यस्तै सरकारले सुन्तलालाई राष्ट्रिय फलको रूपमा मान्यता दिएको छ ।

सरकारले संसद्को चालु अधिवेशन २०८१ वैशाख २ गते राति १२ बजेदेखि अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको  छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ