arrow

ताँवेडाँडामा आन्तरिक पर्यटकको घुइँचो [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख २ आइतबार
tabedada-2081-(12).jpg

रामेछाप । नयाँ वर्षको अवसर पारेर रामेछापको ताँवेडाँडामा आन्तरिक पर्यटकसँगै भक्त्तजनहरुको घुइँचो लागेको छ । प्रत्येक वर्ष बैशाख १ गते नयाँ वर्षको दिन ताँवेडाँडा भव्य मेला लाग्ने गर्छ । 

मेलामा रामेछाप, दोलखा, ओखलढुंगा, सोलुखुम्बु, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, काठमाडौँ, ललितपुर, भक्तपुरलगायत अन्य आसपासका जिल्लाहरूबाटसमेत ठूलो संख्यामा आउने गर्छन् ।

रामेछाप जिल्लाको उमाकुण्ड र गोकुलगंगा गाउँपालिकाको सीमानामा अवस्थित छ ताँवेडाँडा । धार्मिक, पुरातात्त्विक र आकर्षक दृश्यावलोकनको गन्तव्य हो ताँवेडाँडा । 

समुद्री सतहबाट करिब ३ हजार १०० मिटर उचाइमा रहेको ताँवेडाँडाबाट नुम्बुर हिमालसहित गौरीशङ्कर, गणेश, जुगल, गौरी पर्वत तथा रोल्वालिङ हिमशृङ्गला जस्ता हिमालहरु आँखै अगाडि देख्न पाइन्छ । 

ताँवेडाँडा सदरमुकाम मन्थलीबाट करिब ६ घण्टाको कच्ची सडक मार्ग हुँदै गाडीको यात्रामा सहजै पुग्न सकिन्छ ।

tabedada-2081 (1).jpg
tabedada-2081 (2).jpg
tabedada-2081 (3).jpg
tabedada-2081 (4).jpg
tabedada-2081 (5).jpg
tabedada-2081 (6).jpg
tabedada-2081 (7).jpg
tabedada-2081 (8).jpg
tabedada-2081 (9).jpg
tabedada-2081 (10).jpg
tabedada-2081 (11).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ