arrow

मीन राशि भएकालाई धैर्य गर्दै अघि बढेमा बौद्धिक कार्यमा निकै लाभ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १ शनिबार
horoscope-min-pisces.jpg

काठमाडौँ । यो वर्ष आरम्भको समय अनुकूल नभए पनि गुरुको अनुकूलताले विद्यामा ऐतिहासिक सफलता प्राप्त गर्नुहोला । राशिको राहु र बाह्रौँ शनिको प्रतिकुलताले मन खिन्न रहनेछ । धैर्य गर्दै अघि बढेमा बौद्धिक कार्यमा निकै लाभको अवसर मिल्नेछ । राज्यले महत्व बुझेर औकात अनुसारको स्थान र मान दिनेछ पाएको जिम्मेवारी पूरा गर्न पूर्ण रूपमा सफल हुनुहोला । 

भएका सन्तानबाट सुख हुने र सन्तान प्राप्तिको योग पनि छ । पद प्रतिष्ठा र आर्थिक पक्ष राम्रो हुनेछ । कुनै कुराले अनुहारमा कान्ति र मनमा शान्ति मिल्नेछ । आकस्मिक लाभ, सन्तान सुख, घरमा शुभकार्य हुने र धार्मिक यात्रा समेत हुनेछ । रोकिएका अधुरा कार्यले पूर्णता पाउनेछ । तर जन्म कुण्डलीमा शनि, बृहस्पति, राहु तथा केतु कमजोर हुनेले भने दुख, कष्ट भोग्नुपर्ने, मानसिक चिन्ता, इज्जत र प्रतिष्ठामा ह्रास आउनसक्छ । शत्रु बढ्ने र अनावश्यक झमेलामा पर्न सकिनेछ ।

छात्रवृत्ति हासिल गरी विदेशको राम्रो महाविद्यालयमा पठन पाठन गर्न पाउने बलियो सम्भावना छ । अन्तराष्ट्रिय पुरस्कार सहितको चिनारीले तपाईँ स्वयम्लाई र देशलाई सम्मान प्राप्त हुनेछ । धार्मिक कार्यमा वैज्ञानिक माध्यमहरूले अघि बढाउन सफल हुनुहोला ।

खर्च बढे पनि लगानीको परिणामले व्यापारमा उन्नति हुनुको साथै धन प्रसस्त कमाउने अवसर मिल्नेछ । प्रेम सम्बन्धमा ह्रास आउने र नयाँ प्रेम हुने तर प्रेमले अशान्त बनाउने भएकोले प्रेममा जोड नदिनु राम्रो हुनेछ । वैवाहिक कुराहरूमा अवरोध आउने योग छ । राजनीतिमा संयम भए आफ्नो वर्चस्व बढाउन सकिनेछ । नोकरीमा पदोन्नति सहित महत्वपूर्ण स्थानमा स्थानान्तरण हुने योग छ । 

आषाढ ३१ बाट शनि बक्र हुँदा खर्च बढ्ने, स्वास्थ्यमा बाधा आउने शत्रु बढ्ने नोकरी तथा राजनीतिमा सत्रुले अवरोध सिर्जना गर्ने भएकोले गोपनियता अपनाउनुहोला । चिन्ता बढ्ने भएकोले धैर्यतामा जोड दिनुहोला ।

राशिको राहु सप्तमको केतु बाह्राैँ शनिले गोचर गरिरहेकोले संयम हुनु राम्रो हुनेछ । तृतीय गुरू राशि स्वामी अनुकूल भएकोले धार्मिक पक्षलाई अँगाल्दै अघि बढेमा सत्रुमाथि विजय हासिल गरी अगाडि बढ्ने अवसर मिल्नेछ । दशमेश गुरूको बलले रोकिएका कामहरू बन्नेछन् । 

ज्येष्ठमा पराक्रम वृद्धि र काममा सफलता, भाद्रमा शत्रु पराजय र धनलाभ, पौष माघ महिनामा धन र मान प्राप्त हुने भएकोले महत्वपूर्ण काम गर्न यो समय राम्रो हुनेछ । आषाढ, कार्तिक, फाल्गुनमा खर्च बढ्ने विबाद बढ्ने स्वास्थ्यमा बाधा आउने चिन्ता बढ्ने भएकोले संयम भएर काम गर्नु राम्रो हुन्छ । ॐ भास्कराय विद्महे महाँतेजाय धीमहि तन्ने सूर्यः प्रचोदयात् ।। यो मन्त्र वर्षारम्भदेखि पढ्नुहोला ।

व्यापार/व्यवसायः व्यापार वा व्यावसायिक दृष्टिले यो वर्ष आर्थिक धन फस्न सक्छ । वैदेशिक र शिक्षा क्षेत्रको कारोबारबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ तर धातु, स्वास्थ्य र जग्गाजमिनको काममा भने विवाद बढ्न सक्छ । सेयर बजारमा पनि त्यति राम्रो नहोला । आर्थिक दृष्टिले जेठ, असोज र माघ महिना बढी सकारात्मक हुनसक्छ ।

प्रेम/सम्बन्धः प्रेम सम्बन्ध र दाम्पत्य जीवनमा मतभेद र विश्वासमा कमी देखिनसक्छ साथै प्रेम सम्बन्धलाई परिवारले समर्थन गर्न गाह्रै पर्ला । पैसाको कारणले आफन्त र नजिकका व्यक्तिबाट टाढिनु पर्ला । शुभ तथा माङ्गलिक कार्यले बिग्रिएको पारिवारिक सम्बन्धलाई मजबुत बनाउनेछ । वर्षको अन्त्यमा भने प्रेम सम्बन्ध सुमधुर हुनेछ । सन्तानको रहर गर्नेहरूले सन्तान सुख मिल्ने सम्भावना पनि रहेको छ ।

शिक्षाः शिक्षाको लागि यो वर्ष सफल र फलदायी नै रहने भएकाले राम्रो नतिजा पाइनेछ । पढाईको सिलसिलामा विदेश जानेले राम्रो सफलता पाउनेछन् । शोध, चिकित्सा र आईटीका विद्यार्थीहरूलाई पढाईलेखईमा बढी सफलता मिल्ने देखिन्छ ।

पेशा/रोजगारः यो वर्ष नयाँ रोजगार वा व्यवसायको शुरुआत हुने राम्रो योग रहेको छ । जागिरेलाई सरुवा र बढुवाको सम्भावना पनि प्रबल छ, शनि राहु र केतुको कारणले विद्या र बुद्धिमा केही कमजोरी आउन सक्छ । वैदेशिक, राजनैतिक तथा कुटनैतिक क्षेत्रका व्यक्तिहरूलाई निकै राम्रो हुनेछ, तर अपजसको सामना भने गर्नुपर्ला ।

स्वास्थ्यः यो वर्ष चोटपटकको भय रहेको छ, हात गोडामा चोट लाग्न सक्छ । घरपरिवारको स्वास्थ्यमा पनि खर्च बढ्नेछ । शीर्षपीडाका साथै नशा सम्बन्धी समस्या बढ्ने भएकाले औषध उपचारमा खर्च बढ्नेछ । खानपानमा र यात्रा गर्दा बढी सतर्कता अपनाउन आवश्यक छ ।

शुभ रङ्गः पहेँलो, हरियो, पर्पल, रातो र खैरो शुभ रङ्ग हो ।

शुभ अङ्कः १, ४, ८ र ९ शुभ अङ्क हो ।

दर्शन/पूजा/उपायः प्रत्येक सोमबार शिवजीको दर्शन, पूजा, जप, पाठ र उपासना गर्नाले ग्रहपीडा कम हुनेछ र भाग्यमा वृद्धि हुनेछ । प्रत्येक दिन मातापिता तथा पितृ देवताको आशिर्वाद लिनाले र असहायलाई सहयोग गर्नाले ग्रहपिडा कम हुनेछ । वर, पिपल या अन्य वनस्पतिहरूको वृक्षारोपण गर्नाले पनि भाग्यमा वृद्धि हुनेछ । कुनै शुभ कर्म गर्नुपूर्व या यात्रामा जानु अघि शिवजीलाई स्मरण गर्नाले राम्रो हुनेछ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ