arrow

वृश्चिक राशि भएकालाई यो वर्ष स्वास्थ्यमा उतार चढाव आउन सक्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १ शनिबार
horoscope-brishik-scorpio.jpg

काठमाडौँ । यो वर्ष वृश्चिक राशि हुनेहरूका लागि ग्रह स्थिति मध्यम रहने छन् । वृहस्पति र केतुको अनुकूलताले बेलाबेलामा सुखको अनुभूति मिल्नेछ । 

वर्षारम्भमा चन्द्रमा प्रतिकूल रहने र वर्षभरि नै शनिप्रतिकूल रहेकोले एकपछि अर्को समस्याले सताउने, गरेका काममा सफलता नमिल्ने, मन अशान्त भइरहने योग छ । विद्या र बुद्धिको विकास हुने साथै यश, कृति, लाभ, विजय, वाक्सिद्धि हुने र आफन्तको सहयोग मिल्नेछ । राहु र शनिको साढेसातीको कारण जातकहरूलाई गरेको कार्यमा उल्झन, ढिलासुस्ती, शत्रु बाधा, काम बिग्रने र चोटपटकको भय पनि रहनेछ, तर जन्मकुण्डलीमा शनि लगायत अन्य ग्रह राम्रो हुनेहरूका लागि शुभ फल मिल्ने निश्चित छ । 

विवाद बढ्ने सञ्चित धनको नास हुने, अरुबाट तीब्र आलोचना हुने योग भएकोले संयम हुनु पर्ला । मित्रहरूले धोका दिने परिवारले साथ नदिने भएकोले समस्या अरु जटिल बन्नेछ । दाँत, मुखमा पीडा हुनेछ । अरुको काम धेरै गर्नुपर्ने तर जस नपाउने अवस्था छ ।

खर्च बढ्ने आम्दानी नहुने तथा झुटा आरोपको सामना गर्नु पर्ने बाध्यताहरू आइपर्नेछन् । स्वास्थ्य निकै कमजोर हुनेछ । व्यापारमा संकट आउने यात्रामा अवरोध आउने र पति पत्नी बिचमा राम्रो सम्बन्ध नहुने भएकोले मन उदास रहनेछ । सन्तान तथा माता पिता बिचको सम्बन्धसमेत नराम्रो हुने भएकोले सबैतिरबाट एक्लिने अवस्थाले मनस्थिति बिग्रने अवस्था आउन सक्छ । पढाइमा रुचि पनि देखिन्न गरेका प्रयास हरू पनि सन्तोषप्रद रहने छैन । 

शत्रु प्रसस्त मात्रामा बढ्ने छन् । नोकरीमा स्थानान्तरण हुने बलियो सम्भावना छ । राजनीतिमा प्रसस्त संकटको सामना गर्नु पर्नेछ । धर्मतिर मन नजाने र भाग्यले समेत साथ नदिने भएकोले संयम भएर अगाडि बढ्नु पर्ला । २०८१ बैशाख १८ देखि गुरू सप्तम स्थानमा प्रवेश गर्ने र पञ्चम मीनको राहु र एकादशम केतु यही बैशाख १८देखि अवस्था परिवर्तन हुनेछ । वैदेशिक कार्यमा सफलता मिल्ने योग छ । 

व्यापारमा सफलता मिल्नेछ । कूटनैतिक कार्यमा सोचे जस्तै सफलता मिल्नेछ । छात्रवृत्ति हासिल गरेर विदेश पढ्न जाने अवसर मिल्नेछ । सन्तान नहुनेहरूको लागि सन्तान प्राप्ति हुने योग छ । बोलिको प्रभावमा महत्वपूर्ण व्यक्तिलार्ई आफ्नो वषमा लिँदै अगाडि बढ्न सकिनेछ । 

कूटनीतिक कार्यमा चमत्कारिक सफलता हासिल गर्दै देशका निमित्त कीर्तिमान कायम गर्ने अवसर पनि मिल्नेछ । आम्दानीका अवसरहरू धेरै मिल्नेछन्। प्रेम गर्ने अवसर मिल्नुको साथै वैवाहिक बन्धनमा बाँधिने योग छ । भुलेका विदेशका प्रेम पात्रहरूले क्षमा मागेर पुनर्मिलनको प्रस्ताव राख्नेछन् । सबै काम वैशाख १८ पछि सुरु गर्नुहोला । 

ज्येष्ठ, भाद्र, आश्विन, माघमा पराक्रम बढ्ने अधुरा काम बन्ने, धन मनग्य कमाउने अवसर मिल्नेछ । आषाढ, कार्तिक ,फाल्गुनमा घरेलु समस्याले सताउने, मन विचलित हुने,प्रतिष्ठामा आँच आउने योग भएकोले गोपनियता अपनाउनु वेस हुनेछ । ॐ नमः शिवाय मृत्युञ्जय महादेवाय नमोऽस्तुते । यो मन्त्रको जप बिहान बिहान गरे केही लाभ मिल्न सक्छ ।

व्यापार/व्यवसायः यो वर्ष कृषि, पशु र पर्यटकीय क्षेत्रको लगानी फलदायक हुनेछ । ठेक्कापट्टा, सेवामुलक व्यवसाय, एजेन्ट, जग्गा जमिन र मोटरगाडीबाट चमत्कारी लाभ मिल्नेछ । सेयर बजार अन्तर्गत बीमा र बैङ्किङ क्षेत्रबाट राम्रो आम्दानी हुनेछ । आर्थिक दृष्टिले असार र मंसिर महिनामा बढी फलदायी हुनेछ ।

प्रेम/सम्बन्धः प्रेमी र प्रेमिकाका घर परिवारबाट केही अप्ठ्यारा परिस्थिति पनि सिर्जना हुनसक्छ । शनि कमजोर रहने जातकहरूलाई वाणीमा लगाम लगाउन आवश्यक देखिन्छ, अन्यथा जुनसुकै सम्बन्ध पनि बिग्रन सक्छ । असारबाट पुराना र टाढिएका मित्रसँग सामीप्यता बढ्नेछ । दाम्पत्य जीवनमा केही मतभेद भए पनि माया एवं समझदारी भने कायम नै रहनेछ ।

शिक्षाः यो वर्ष अध्ययन अध्यापनबाट सफलता मिल्नेछ । विज्ञान र शिक्षाशास्त्र, स्वास्थ्य, आईटी र वाणिज्य विषयका विद्यार्थीहरूलाई विशेष लाभ मिल्नेछ । वर्षको मध्यबाट शैक्षिक क्षेत्र कमजोर रहन सक्छ, जति पढे पनि स्मरण गर्न गाह्रो हुने र पढाईमा ध्यानाकर्षण नहोला । शैक्षिक क्षेत्रबाट भाद्र र फागुन महिनामा अधिक सफलता मिल्नेछ ।

पेशा/रोजगारः यो वर्ष नयाँ नयाँ काम वा रोजगारको अवसर मिल्ने र पदोन्नति हुने योग रहेको छ । मनोरञ्जन, सामाजिक तथा राजनैतिक क्षेत्रमा समय दिनेहरूले जनताको राम्रो समर्थन प्राप्त गर्नेछन् । सञ्चार र सौन्दर्य पेशामा आवद्ध व्यक्तिहरूलाई अधिक सफलता मिल्नेछ । शेयर बजार र संयुक्तरुपमा गरिएको लगानी भने फलदायी नहुन सक्छ ।

स्वास्थ्यः यो वर्ष स्वास्थ्यमा उतार चढाव आउन सक्छ । शनिको अढैयाले गर्दा यात्रा गर्दा वा गाडी चलाउँदा चोटपटकको भय छ । यो वर्ष प्रजनन, छाला र आँखाको समस्या बढ्नसक्छ र आफ्नो तथा आफ्नो हितैषीको औषध उपचारमा धन खर्च बढ्नेछ । नयाँ रोग देखा पर्नाले अस्पतालको यात्रा गर्नु पर्ला । त्यसैले खानपिनमा सावधानी र नियमित व्यायाम गर्नु बुद्धिमानी हुनेछ ।

शुभ रङ्गः रातो, नीलो, हरियो र पहेँलो शुभ रङ्ग हो ।

शुभ अङ्कः १, ५, ७, र ९ शुभ अङ्क हो ।

दर्शन/पूजा/उपायः आफ्नो ग्रह पीडाबाट बच्न र भाग्यलाई वृद्धि गराउनको लागि राहु, केतु र शनिको ग्रह शान्ति, जप, पाठ र पूजा गर्नाले भाग्यमा वृद्धि हुनेछ । शनिबार पिपलको बोटमा जल चडाउने, दुर्गाजीको दर्शन, पूजा र उपासना गर्नाले पनि चाँडै सफलता अवश्य पाइनेछ । आफ्नो जन्मबार शाकाहारी भोजन र रोगीहरूको उपकार गर्नाले पनि सफलता मिल्नेछ । आफ्नो सत्कर्म गर्ने र वृक्षारोपण गर्नाले पनि भाग्यमा वृद्धि हुनेछ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ