arrow

तुला राशि हुनेका लागि यो वर्षका ग्रहहरू अनुकूल 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १ शनिबार
horoscope-tula-libra.jpg

काठमाडौँ । वर्षका ग्रहहरू शुरूमा अनुकूल रहने छन् । यो साल मिश्रित फलदायी रहनेछ । सप्तम गुरू षष्ठ राहु र पञ्चम शनिको अनुकूल प्रभावले गर्दा एक पछि अर्काे सफलता हात पार्न सकिनेछ । प्राविधिक कार्यमा र प्राविधिक शिक्षामा फड्को मार्न सकिनेछ । 

शत्रु पराजय हुनुको साथै मित्रको पूर्ण सहयोग मिल्नेछ । नोकरी तथा राजनीतिमा आफ्नो वर्चस्व बढ्नेछ । सताउनेहरू क्षमा माग्न थाल्नेछन् । बौद्धिक तीव्रतामा कुटनीतिक क्षेत्र बलियो हुने र राज्यबाट सम्मान पाउने योग छ । आम्दानीको क्षेत्रमा अपेक्षित सुधार आउनेछ । पढाइमा अरु प्रगति हुनेछ । जोश र जाँगर बढ्नेछ । अधुरा काम पूरा हुनुको साथै नयाँ काम पाउने योग छ । 

व्यापारमा प्रगति हुनेछ । प्रेम सफल रूपमा अघि बढ्नेछ । वैवाहिक बन्धनमा बाँधिने बलियो सम्भावना छ । आफूबाट टाढिएकाहरू नजिकिन थाल्नेछन् । बैशाख १८ गतेबाट तृतीय गुरू अष्टम स्थानमा प्रवेश गर्दा स्वास्थ्यमा समस्याहरू आइरहनेछ । मानसिक तनाव अनियन्त्रित हुने भएकोले अध्यात्ममा जोड दिनुहोला । सत्रु प्रतिस्पर्धा गर्नु पर्नेछ । सत्य र असत्यलार्ई छुट्याउन अलि कसरत गर्नु पर्नेछ ।

यश, कृति, लाभ, र आफन्तको सहयोग मिल्नेछ । चमत्कारी ढङ्गले सफलता मिल्नेछ । बृहस्पति, शनि, राहु र केतुको कारण जातकहरूलाई गरेको कार्यमा उल्झन, ढिलासुस्ती, काम बिग्रने र चोटपटकको भय रहनेछ । गरेको कार्यमा उल्झन र चोटपटकको भए पनि रहनेछ तर यदि जन्म कुण्डलीमा उच्च तथा स्वगृह, मित्रगृह ग्रहहरू भए अधिक शुभफल मिल्ने निश्चित छ । कुरा काट्नेहरू सक्रिय हुनेछन् । 

धन माल हराउन सक्ने भएकोले धनको ढुकुटीमा नजर कडा राख्नुहोला । कामको मध्यमा संकट आउने भएकोले सतर्क भएर निर्णय गर्नु उचित होला । आर्थिक लेनदेनमा विवाद बढेर मुद्दा मामलाको अवस्था सिर्जना हुने भएकोले नगद कारोबार सोचेर गर्नुहोला । गोपनियता भने वर्षभरि नै अपनाउनु पर्नेछ । 

श्रावण, भाद्र, पौष, चैत्रमा स्वास्थ्यको ख्याल गर्दै शत्रुसँग बचेर काम गरे धेरै सफलता मिल्नेछ । ज्येष्ठ, आश्विन, माघमा स्वास्थ्य कमजोर हुने, पारिवारिक समस्या बढ्ने र आर्थिक संकट बढ्न भएकोले संयम रहनुहोला । ॐ भास्कराय विद्महे महाँतेजाय धीमहि तन्नो सूर्यः प्रचोदयात् । यो मन्त्रको जप गर्नुहोला ।

व्यापार/व्यवसायः यो वर्ष व्यापार वा व्यावसायिक दृष्टिले एस वर्ष नयाँ ठाउँमा लगानी नगरेकै जाती हुनेछ । नगद सापटीको काम पनि नगरेकै राम्रो । एजेन्ट, सजावटी, जग्गा जमीन र मोटरगाडीबाट ठीकै लाभ मिल्नेछ । सेयर बजार अन्तर्गत बिमा र बैङ्किङ क्षेत्रबाट राम्रो आम्दानी हुनेछ । व्यवसायीका दृष्टिले साउन, कार्तिक र माघ महिनामा बढी लाभ हुनेछ ।

प्रेम/सम्बन्धः प्रेम र मित्रताको बन्धन सामान्य रहनेछ । प्रेमी/प्रेमिकाका घर परिवारबाट समर्थन जनाउनेछन् र सम्बन्ध विवाहमा परिणत हुन पनि सक्छ, तर जन्मकुण्डलीमा सप्तम भाव कमजोर भएका व्यक्तिहरूलाई भने प्रेममा केही अप्ठ्यारा परिस्थितिको सामना गर्नु पर्ला । शनि कमजोर रहने जातकहरूलाई वाणीमा लगाम लगाउन आवश्यक देखिन्छ, अन्यथा जुनसुकै सम्बन्ध पनि बिग्रन सक्छ ।

शिक्षाः यो वर्ष शैक्षिकक्षेत्र मिश्रित फलदायी रहनेछ । विज्ञान र सामाजिक विषयका विद्यार्थीहरूलाई बढी सफलता मिल्नेछ । भाषा, स्वास्थ्य विषय तथा शिक्षाको लागि वैदेशिक क्षेत्रमा रहेका विद्यार्थीहरूलाई भने यो वर्ष त्यति राम्रो देखिन्न, अतः विद्यामा सफलता पाउन बढी मिहिनेत गर्नु पर्नेछ । अन्य विद्यार्थीहरूलाई पढाईलेखाईमा बाधा आउनसक्छ ।

पेशा/रोजगारः यो वर्ष नयाँ कार्यको थालनी र गरेको लगानीले राम्रो सफलता पाउनेछ । वैदेशिक रोजगारबाट राम्रो सफलता मिल्नेछ । सञ्चार, विलासिता तथा मनोरञ्जन पेशामा आवद्ध व्यक्तिहरूलाई भने बढी सफलता मिल्नेछ । इन्जिनियरिङ विषयका विद्यार्थीहरूलाई भने विशेष सफलता मिल्नेछ । पर्यटन र कृषिको लगानीमा भने झमेला र समस्या बढ्न सक्छ ।

स्वास्थ्यः यो वर्ष स्वास्थ्यमा उतार चढाव आउन सक्छ । नयाँ रोग देखा पर्नाले अस्पतालको यात्रा गर्नु पर्ला, त्यसैले खानपिनमा सावधानी र नियमित व्यायाम गर्नु बुद्धिमानी हुनेछ । घर परिवारको स्वास्थ्यमा धन खर्च हुनेछ । नासा तथा प्रजननमा पनि सामान्य समस्या बढ्न सक्छ ।

शुभ रङ्गः गुलाबी, सेतो, पहेँलो र खैरो शुभ रङ्ग हो ।

शुभ अङ्कः १, २, ५ , ६ र ९ शुभ अङ्क हो ।

दर्शन/पूजा/उपायः वृहस्पति, शनि, राहु र केतुको प्रत्येक शुक्रवार लक्ष्मीजीको दर्शन, पूजा र उपासना गर्नाले ग्रह पीडा कम भई समृद्धि मिल्नेछ । असहायलाई खुसी पार्नसके आकस्मिक सफलताहरू मिल्नेछन् । प्रत्येक दिन आफ्नो इष्ट देवताको स्मरण गरि गरेको कार्यबाट अधिक सफलता मिल्नेछ । आफ्नो जन्मबार शाकाहारी भोजन र रोगीहरूको उपकार गर्नाले पनि सफलता मिल्नेछ । आफ्नो सत्कर्म गर्ने र सत्य बोल्दिनाले पनि ग्रह पीडा कम हुने र भाग्यमा वृद्धि हुनेछ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ