arrow

कन्या राशिका जातकलाई यो वर्ष दुःखदायी, रीस बढ्नाले संयम अपनाउनु पर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १ शनिबार
horoscope-kanya-virgo.jpg

काठमाडौँ । कन्या राशि हुनेका लागि २०८१ साल दुःखदायी रहनेछ । वर्षको आरम्भमा ग्रह प्रतिकूल रहे पनि वैशाख १८ पछि समय अनुकूल हुनेछ । शुरूमा अष्टम गुरूको प्रतिकूलताले स्वास्थ्य हानि, शत्रु बाधा र आर्थिक संकटले मनलाई विचलित बनाए पनि २०८१ बैशाख १८ देखि भाग्य भावमा गुरू र षष्ठ शनिको अनुकूल प्रभावले आँटेका काम धेरै पूरा हुने र नयाँ कामको अवसर पाउने योग छ । धन मनग्य कमाउने अवसर पनि मिल्नेछ । यात्रामा लाभ मिल्ने वैदेशिक कार्यमा सफलता मिल्नेछ । 

विदेश बसोबास गर्ने प्रयासमा भए सफल हुने र बैबाहिक बन्धनमा बाँधिने प्रवल सम्भावना छ । व्यापारमा गरेका प्रयास सकारात्मक रहनेछन् । आफन्तको उचित सहयोग मिल्नेछ । ठूला व्यक्तिले विश्वास गर्नेछन् । परिवारबाट पनि सहयोग पाउनुहोला । घर तथा सवारी साधन जोड्ने अवसर मिल्नेछ ।

पढाइमा उन्नति सोचे जस्तै हुनेछ । राशिमा केतु र राहु सप्तममा भएकोले स्वास्थ्यमा मुटु मतिष्कमा समस्या आउने, उच्च रक्तचाप बढ्ने, मन अशान्त हुने, काममा अवरोध आउने अवस्था सिर्जना हुन सक्छ । रीस बढ्न सक्ने भएकोले संयम हुनु पर्ला ।

वर्ष भरिनै गोचर गर्ने राहु र शनिको कारणले आँटेको र गरेको कार्यबाट सफलता मिल्नेछ । रोकिएका अधुरा कार्यले पूर्णता पाउनेछ । घरपरिवारमा माङ्गलिक कार्य आयोजना हुनेछ । नजिकैका व्यक्तिबाट भरपूर साथ र सहयोग मिल्नेछ । अकस्मात सफलता मिल्ने र भाग्यमा वृद्धि हुनेछ । 

आर्थिक र वैदेशिक क्षेत्र पनि सबल हुनेछ । खानपानमा विशेष ध्यान दिनु पर्ला । मित्रका लागि धन खर्च हुनेछ । आफन्तलार्ई कुरा बुझाउन गारो पर्ने, जस नमिल्ने भएकोले विचार गर्नु पर्ला । विचार गरेर अघि बढ्दा प्रेममा सफलता मिल्नुको साथै विवाह हुने र पति पत्नीबीचमा अगाध प्रेम हुने योग बलियो छ ।

नयाँ व्यापारको प्रस्ताव आउने, वैदेशिक व्यापारमा सफलता पाउने अवस्था रहेकोले त्यसमै जोड दिनुहोला । यस वर्षको ग्रहगोचर अनुसार बैशाख १८ पछि सफलतै सफलता प्राप्त हुनेछ । बैशाख, भाद्र, पौषमा स्वास्थ्यमा बाधा, आर्थिक संकट, मनमा चिन्ता बढ्ने, ज्येष्ठ, आषाढ, श्रावण, मार्ग, फाल्गुनमा अधुरा काम बन्ने, नयाँ काम पाउने र धन मनग्य कमाउने योग छ । आँटे सोचेका काम धेरै बन्नेछन् । ॐ नमो भगवते वाशुदेवाय नमः यो मन्त्रको जप वर्षभरि नै गर्नुहोला ।

व्यापार/व्यवसायः यो वर्ष आर्थिक पक्ष सबल नै रहने देखिन्छ । वैदेशिक लगानी र वित्तीय संस्थामा गरेको लगानीबाट निकै सफलता मिल्नेछ । उधारो र पुरानो ऋण तिर्न सकिनेछ । स्वास्थ्य तथा हार्डवेयर व्यवसाय फस्टाउनेछ । सेयरको कारोबार भने सूझबुझमा भर पर्छ, तर खाद्यान्न र कृषि व्यवसायबाट नोक्सानी हुन सक्छ । वैशाख, श्रावण र मंसिर महिनामा आर्थिक लाभ अधिक मिल्नेछ ।
प्रेम/सम्बन्धः सम्बन्ध सामान्य नै रहनेछ । वर्षको पूर्वार्द्धमा प्रेम प्रसङ्गमा नपरेकै राम्रो हुनेछ । अतः प्रेममा सफलता प्राप्तगर्न धैर्य र सत्यताको आवश्यक पर्दछ । वर्षको उत्तरार्धमा भने प्रेमी/प्रेमिकाका बिच समझदारी बढ्ने र सम्बन्ध अझै प्रगाढ हुनेछ । कसै कसैले जन्मकुण्डलीमा गण गुण राम्रो हुन गाएमा प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न सकिन्छ ।

शिक्षाः यो वर्ष विद्यार्थीले परीक्षामा राम्रै अङ्कले सफलता हासिल गर्न सक्छन् । गणित र व्यवस्थापन क्षेत्रका विद्यार्थीले उच्च सफलता पाउनेछन् । स्वदेश तथा विदेश पढ्न गएका विद्यार्थीलाई भने शैक्षिक क्षेत्रबाट सोचे अनुरूप सफलता नमिल्नसक्छ । शैक्षिक क्षेत्रबाट असार र चैत्र महिनामा अधिक सफलता मिल्नेछ ।

पेशा/रोजगारः यो वर्ष प्रतिस्पर्धीलाई किनारा लगाउँदै नतिजा आफ्नो पक्षमा ल्याउन सकिनेछ । कलाकारिता र प्राविधिक पेशामा आवद्ध व्यक्तिको लागि निक्कै राम्रो हुनेछ । प्राविधिक क्षेत्रका पेशाकर्मीले राम्रो सफलता हात पर्नेछ । नयाँ जागिरको अवसर मिल्नेछ र वैदेशिक रोजगारको सम्भावना पनि रहेको छ । असार र साउन महिनामा अधिक सफलता मिल्नेछ ।

स्वास्थ्यः यो वर्ष टाउको तथा आँखाको समस्या बढ्नसक्छ । परिवारको स्वास्थ्यमा धन खर्च बढ्नसक्छ । रक्तचाप र हृदय, नशा र हड्डीको समस्या पनि बढ्न सक्छ । अतः स्वास्थ्यप्रति सजग रहनु होला । छाला तथा प्रजनन समस्या भने हल हुनेछ ।

शुभ रङ्गः हरियो, पहेँलो, कालो र पर्पल शुभ रङ्ग हो ।

शुभ अङ्कः २, ५, ७ र ८ शुभ अङ्क हो ।

दर्शन/पूजा/उपायः प्रत्येक शनिवार भैरवजीको दर्शन एवं पूजा गर्नाले ग्रहपीडा कमभई शुभ फल मिल्नेछ । हनुमानजीको दर्शन, पूजा, आरधना, पाठ गर्नाले पनि राम्रो हुनेछ । राहु र केतुको जप, पाठ र पूजा गराउने ग्रहपीडा कम हुनेछ । सत् मार्गमा हिँड्ने र सत्य बोल्नेलाई भगवानको आशीर्वाद प्राप्त भई भाग्यमा वृद्धि हुनेछ । कुनै शुभ कर्म गर्नुपूर्व या यात्रामा जानु अघि भैरवजी या शिवजीको स्मरण गर्नाले राम्रो हुनेछ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ