arrow

यी हुन् मन्त्रिपरिषद्को बैठकको निर्णय

सरकारले गर्‍यो संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय [भिडियो]

राष्ट्रिय सभाको रिक्त सदस्य पदमा डा. अञ्जान शाक्यलाई मनोनयन

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत ३० शुक्रबार
pm-office-new-2080.jpg

काठमाडौँ ।  सरकारले संसदको चालु अधिवेशन २०८१ वैशाख २ गते राति १२ बजेदेखि अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो । 

बैठकपछि सञ्चारकर्मीहरुसँग बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता रेखा शर्माले सरकारले राष्ट्रिय सभाको रिक्त सदस्य पदमा डा. अञ्जान शाक्यलाई मनोनयन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको बताइन् । उनले सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ३ बमोजिम दुवै आयोगका अध्यक्ष तथा सदस्यको नियुक्ति सिफारिस गर्न सिफारिस समिति गठन गर्ने निर्णय गरेको बताइन् । 

उनले आयोगको अध्यक्षमा सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रलाई तोक्ने निर्णय गरेको छ । त्यस्तै राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष वा निजले तोकेको सो आयोगको सदस्य सदस्य रहने व्यवस्था रहेको बताइन् । मानव अधिकारवादी मनोविज्ञान व्यक्ता, विधि विज्ञानव्यक्ता, द्वन्द्वविद् समाजशास्त्री, महिला अधिकारकर्मी, शान्ति प्रक्रिया सम्बन्धी व्यक्तिहरु मध्येबाट देहाय बमोजिम सदस्यहरु रहने व्यवस्था रहेको बताइन् । 

सर्वोच्च अदालतका पूर्वन्यायाधीश जगदीश शर्मा पौडेल सदस्य, डा. अर्जुनकुमार कार्की सदस्य,स्टेला तामाङ सदस्य अन्तर्गत हाम्रो सिफारिस समिति बनेको बताइन् । त्यस्तै सरकारले सुन्तलालाई राष्ट्रिय फलको रुपमा मान्यता दिएको छ ।

उनले भनिन्, ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ३ बमोजिम दुवै आयोगका अध्यक्ष तथा सदस्यको नियुक्ति सिफारिस गर्न सिफारिस समिति गठन गर्ने । अध्यक्षमा सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्र, राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष वा निजले तोकेको सो आयोगको सदस्य सदस्य रहने व्यवस्था छ । मानव अधिकारवादी मनोविज्ञान व्यक्ता, विधि विज्ञानव्यक्ता, द्वन्द्वविद् समाजशास्त्री, महिला अधिकारकर्मी, शान्ति प्रक्रिया सम्बन्धी व्यक्तिहरु मध्येबाट देहाय बमोजिम सदस्यहरु रहने व्यवस्था छ । सर्वोच्च अदालतका पूर्वन्यायाधीश जगदीश शर्मा पौडेल सदस्य, डा. अर्जुनकुमार कार्की सदस्य, श्री स्टेला तामाङ सदस्य अन्तर्गत हाम्रो सिफारिस समिति बनेको छ ।' 

साथै,' सुन्तलालाई राष्ट्रिय फलको रुपमा मान्यता दिने । संयुक्त राज्य अमेरिकाको ओहायो राज्यको लागि डा. दामोदर पौडेललाई अवैतनिक वाणिदुत पदमा नियुक्ति गर्ने ।संसदको चालु अधिवेशन २०८१ वैशाख २ गते राति १२ बजेदेखि अन्त्य गर्न सम्माननीय राष्ट्रपतिज्युलाई सिफारिस गर्ने । राष्ट्रिय सभाको रिक्त सदस्य पदमा डा. अञ्जान शाक्यलाई मनोनयन गर्न सम्माननीय राष्ट्रपतिसमक्ष सिफारिस गर्ने ।’ निर्णय गरेको उनले बताइन् । 

उनले सरकारले संयुक्त राज्य अमेरिकाको ओहायो राज्यको लागि डा. दामोदर पौडेललाई अवैतनिक वाणिदुत पदमा नियुक्ति गरेको बताइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ