arrow

खाम थुनिदा प्रचण्डलाई हाइसन्चो, ओली मौन

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत २३ शुक्रबार
kalibahadur-kham-maobadi.jpg
तस्बिर : फाइल

काठमाडौँ। चितवन जिल्ला अदालतले माओवादीका तत्कालीन कमान्डर कालीबहादुर खाम ‘विविध’ लाई पुर्पक्ष लागि थुनामा पठाएको छ। लामो समयदेखि प्रहरीले  खोजीको सूचीमा राखेको खामलाई पक्राउ गरेर चितवन पठाएपछि थुनछेक बहसको क्रममा शुक्रवार थुनामा पठाएको हो। उनी थुनामा गएपछि रामहरि श्रेष्ठकी धर्मपत्नी रमिला श्रेष्ठले आफूले न्याय पाएको बताइन। प्रहरीले खामलाई पक्राउ गरेर चितवन पुर्‍याएपछि रमिला पनि छोराको साथमा चितवन पुगेकी थिइन। थुनछेक बहसको क्रममा उनी अदालत परिसरमै रहेकी थिइन।

माओवादी आन्दोलनमा लडाकु प्रवृत्तिका खामलाई प्रचण्डले नै माओवादीभित्र हुर्काएका थिए। तर रामहरि हत्या प्रकरणपछि प्रचण्डले समेत बेवास्ता गरेका खामलाई आफै प्रधानमन्त्री भएको बेला पक्राउ परे। उनी लामो समयदेखि काठमाडौँ आसपासमा बसेका भए पनि प्रहरीले बेवास्ता गर्दै आएको थियो। पछिल्लो समय उनलाई पक्राउ गर्न विशेष टोली नै खटिएको थियो। काठमाडौँको ठमेलबाट पक्राउ परेका उनी अहिले आर्थिक रूपमा समेत कमजोर रहेको बताइएको छ। ‘रामहरि प्रकरणपछि पार्टीले बेबस्ता गरेका कारण उनी पछिल्लो समय एक्लो महसुस गरिरहेका थिए’, माओवादीका एक नेताले भने। उनका अनुसार पार्टीकै बेवास्ताका कारण पक्राउ परेका हुन्।

शान्ति सम्झौतापछि अस्थायी शिविरमा बसेका माओवादी लडाकुहरूको चितवन शक्ति खोरमा रहेको तेस्रो डिभिजन शिविरका तत्कालीन कमान्डर रहेका खाम श्रेष्ठ हत्या प्रकरणमा मुछिएका थिए। सो शिविरमा कोटेश्वरबाट ल्याएका व्यापारी रामहरि श्रेष्ठको हत्या भएपछि ०६५ सालको जेठमा शिविरका तत्कालीन ब्रिगेड कमान्डर ’जीवित’ भनिने गोविन्दबहादुर बटला आफैँ चितवन प्रहरीमा हाजिर भएका। उनी विरुद्ध मुद्दा चल्यो र पाएको सजाय पुरा गरेर जेलबाट छुटे। उनी भने त्यतिबेलादेखिनै फरार रहेका थिए। रामहरि हत्या प्रकरणमा एमाले निकट युवा सङ्घले महिनौँ दिनसम्म आन्दोलन गरेको थियो।

रामहरि श्रेष्ठलाई २०६५ साल वैशाख १५ गते राती काटेश्वरबाट शक्ति खोर ल्याइएको लगिएको थियो। श्रेष्ठको घरमा माओवादी सेनाको तेस्रो डिभिजनको सम्पर्क कार्यालय थियो। सो घरबाट १५ लाख रुपैयाँभन्दा बढी नगद र हतियार हराएको विषयमा छानबिन गर्नका लागि रामहरि श्रेष्ठलाई शक्ति खोर लगिएकोमा त्यही वैशाख २७ गते उनको हत्या गरिएको थियो। पोस्टमार्टम रिपोर्टकारअनुसार उनको मृत्यु कुटपिटका कारण भएको थियो।

लडाकु शिविरभित्रै कुटपिटका कारण मृत्यु भएपछि श्रेष्ठकी श्रीमती रमिलाले बटलासहित तेस्रो डिभिजनका तत्कालीन कमान्डर खाम र लडाकुहरू केशव अधिकारी रघु तथा गङ्गाबहादुर थापा एटमविरुद्ध किटानी जाहेरी दिएकी थिइन। बटला, अधिकारी र थापालाई सर्वस्वसहित जन्म कैदको सजाय माग गरिएको थियो। त्यस्तै तेस्रो डिभिजनका तत्कालीन कमान्डर खामको आदेशमा सो घटना भएको हुँदा उनलाई १० देखि १५ वर्षसम्मको कैद सजाय माग गरिएको थियो। अधिकतम सजाय माग गरे पनि प्रमाण नपुग्ने देखिएको भन्दै चितवन जिल्ला अदालतले ६८ सालको जेठ १७ मा बटलालाई तीन वर्ष मात्रै कैद हुने फैसला गरेको थियो।

सो मुद्दाका अन्य अभियुक्तहरू कालीबहादुर खाम, केशव अधिकारी र गंगबहादुर थापा हालसम्म फरार रहेका थिए। फरार अभियुक्तको हकमा प्रक्रिया पुर्‍याएर पछि फैसला हुने गरी मुद्दा मुल्तबीमा राखिएको थियो। त्यो बेला जिल्ला न्यायाधीश भोजराज अधिकारीले फैसला सुनाएका थिए। श्रेष्ठसहित केशव र गङ्गामाथि चोरीको अभियोग लागेको र छानबिनको लागि एउटै कोठामा राखेका बेलामा श्रेष्ठमाथि केशव र गङ्गाले कुटपिट गरेको बटलाको बयान थियो।

कुटपिटबाट घाइते भएका श्रेष्ठलाई उपचारका लागि काठमाडौँ लैजाने क्रममा मृत्यु भएपछि गङ्गा र केशवको करले श्रेष्ठको लास त्रिशूलीमा फालेको बटलाले बताएका थिए। बटलाको बयानभन्दा विपरीत श्रेष्ठको भरतपुर मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको तथ्य सार्वजनिक भएको थियो। वैशाख २७ गते मरेर त्रिशूलीमा फालेको भनिएको श्रेष्ठको लास जेठ १२ गते फालिएको भनिएको ठाउँभन्दा केही तल जुगेडी त्रिशूलीमै फेला परेको थियो। बटला ६५ सालको जेठ ३ गते आफैँ प्रहरीमा उपस्थित भएका थिए। केशव र गङ्गा लास फ्याँके लगत्तै फरार भएको बटलाको बयान थियो। संसदीय निर्वाचनको बेला ओली र प्रचण्ड दुवैको नजरमा परेका थिए।

अहिले दुवै नेताहरूले सहकार्य गरिरहेका पक्राउ परेका छन्। उनको पक्राउ बारे प्रधानमन्त्रीले पत्तो नै नपाएको एक थरी माओवादीहरूले बताउने गरेका छन्। प्रचण्डलाई थाहै नदिई पक्राउ गरेकोमा भने गृहमन्त्रीसँग प्रचण्ड रुष्ट रहेको एक थरी माओवादीहरूले गुनासो गरेको भए पनि त्यसमा बालुवाटारबाट कुनै प्रतिक्रिया सार्वजनिक भएको छैन। बालुवाटारबाट कार्यकर्तालाई खामबारे कुनै पनि सन्देश नदिँदा एक थरी माओवादी कार्यकर्ताले प्रचण्डले कार्यकर्ताको संरक्षण गर्न नसकेको बताइरहेका छन्। उनीहरूले एमाले र रवि मिलेर खामलाई पक्राउ गरिएको प्रति प्रचण्ड मौन बस्नु नै हाइसन्चो मान्नु रहेको गुनासो गर्दै आएका छन्। ओलीले पनि यो विषयमा कुनै प्रतिक्रिया दिएका छैनन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ