arrow

स्थानीय तहको पैसा निक्षेपमा गणना गर्न नपाउने व्यवस्थाप्रति बैङ्कर्स सङ्घको असन्तुष्टि

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत २३ शुक्रबार
bankers-assocation-nepal-nba-team.jpg

काठमाडौँ। नेपाल बैङ्कर्स सङ्घले स्थानीय तहको पैसा निक्षेपमा गणना गर्न नपाउने व्यवस्थाप्रति बैङ्कर्स सङ्घको असन्तुष्टि व्यक्त गरेको छ। सङ्घले शुक्रवार आयोजना गरेको एक कार्यक्रममा अध्यक्ष केसीले स्थानीय तहमा बैङ्कहरू जाँदा विशेष व्यवस्था गर्छौ भनेको राज्यले अहिले झन् कसिलो नीति लिएर भद्र सहमतिको पालना नगरेको बताएका हुन्।

उनले स्थानीय तहमा गएका अधिकांश बैङ्कहरू नोक्सानमा रहेको र त्यति हुँदा पनि अहिले ७ सय ५२ स्थानीय तहमा बैङ्कका शाखा पुगेको भन्दै त्यसलाई राज्यले नदेखेको समेत बताए। 

पछिल्लो समय बैङ्किङ प्रणालीमा ५ खर्ब रुपैयाँ लगानीयोग्य रकम रहेको उनको भनाए छ। तर आर्थिक शिथिलताले ब्याजदर निरन्तर घटाउँदा समेत कर्जाको माग नबढ्नु चिन्ताको विषय भएको उनको भनाइ छ। उनले बैङ्किङ क्षेत्रको ब्याजदर अझै घट्ने समेत बताए। 

अहिले बैङ्कका ऋणभन्दा बढी निक्षेप थपिएको भन्दै उनले यो वर्षको क्रेडिट ग्रोथ ४ प्रतिशतमा झरेको बताए । अहिले सरकारले बैङ्कहरूलाई सहुलियत कर्जाबापत मात्रै १२ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको अध्यक्ष केसीले जानकारी दिए । 

कार्यक्रममा सहभागी बैङ्कर्सहरूले बैङ्किङ क्षेत्र पहिलेजस्तो सहज नभए पनि समस्याको अवस्थामा समेत नरहेको बताएका थिए । घट्दै गएको ब्याजदर र सहज तरलताको अवस्थाका कारण बैङ्कहरू प्रशस्त लगानी गर्न सक्ने अवस्थामा रहेको भन्दै त्यसका लागि उपयुक्त योजना ल्याउन सरकार र निजी क्षेत्रसँग आग्रह समेत गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ