arrow

सचिव र कर्मचारीलाई तताउने प्रचण्डको विश्वास

अब हरेक दिन प्रधानमन्त्रीलाई मन्त्रीले कामको ब्रिफिङ गर्नुपर्ने [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत २२ बिहिबार
prachanda-pm-12-22.jpg

काठमाडौँ । सरकारका मन्त्रीहरूले आफूले गरेको कामको प्रधानमन्त्री समक्ष दैनिक रूपमा ब्रिफिङ गर्नुपर्ने भएको छ ।

राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै प्रधानमन्त्री पुष्पकमल दाहालले सो कुराको जानकारी दिएका हुन् । 

उनले मन्त्रीहरूले हरेक दिन कुन काम राम्रो र ठुलो गरेका हुन् भन्ने कुराको ब्रिफिङ हरेक दिन बेलुका प्रधानमन्त्रीलाई गर्नुपर्ने निर्णय भएको उनले जानकारी दिए । उनले यसो गर्दा मन्त्री र कर्मचारीहरूलाई काम गर्न जागरूक बनाउने बताए ।

 बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्रीहरूले दैनिक रूपमा गरेको कामको ब्रिफिङ हरेक दिन बेलुका प्रधानमन्त्रीलाई गर्ने निर्णय गरेको हो । 

उनले भने – ‘आज मैले एउटा निर्णय मन्त्रिपरिषद्बाट गराएको पनि छु, सबै मन्त्रीहरूले प्रत्येक दिन गरेको कामको ब्रिफिङ प्रधानमन्त्रीलाई बेलुका गर्नुपर्ने । गरेका कामहरूमध्ये कुनचाहिँ त्यो दिनको राम्रो र ठुलो काम गरियो त्यो ब्रिफिङ प्रधानमन्त्रीलाई प्रत्येक दिन गर्नुपर्ने भनेपछि त्यसले अब सबैलाई तताउँछ भन्ने मेरो विश्वास छ । सबै मन्त्रालयलाई, त्यसपछि सबै सचिवहरूलाई र सबै कर्मचारीहरूलाई तताउँछ भन्ने मेरो विश्वास छ । हामी बल गर्दछौँ ।’

प्रधानमन्त्री दाहालले सरकारले गरे अनुरूपको तदारुकता र दृढताका साथ प्रशासन र कर्मचारीहरूले गर्न नसकेको भन्दै यस विषयको कारण खोजी गर्नुपर्ने बताए । उनले कर्मचारी र राजनीतिक तहले काम गर्ने साझा रूपमा प्रयास गर्नुपर्ने बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ