arrow

चाहिने टक्रक्कै बहुमतसहित मुख्यमन्त्री जम्कट्टेलले पाए विश्वासको मत

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १९ सोमबार
salikram-jamkattel-81.jpg

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत पाएका छन् । बागमती प्रदेश सभामा उनले ५६ जना सांसदको मत प्राप्त गर्दै विश्वासको प्राप्त गरेका हुन् । 

मुख्यमन्त्री जम्कट्टेलले प्रदेश सभामा रहेका एक सय १० सदस्यमध्ये बहुमत सदस्य ५६ जनाको मत प्राप्त गरेका हुन् । एक सय आठ जना प्रदेशसभा सदस्य उपस्थित भएकामा उनलाई सत्ता गठबन्धन दल नेकपा एमालेका २७, नेकपा माओवादी केन्द्रका २१, नेकपा एकीकृत समाजवादीका सात र हाम्रो नेपाली पार्टीका एक गरी ५६ जनाले विश्वासको मत दिएका हुन् । 

त्यस्तै नेपाली कांग्रेसका ३७ जना सांसदले विश्वासको मतको विपक्षमा मतदान गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल मजदुर किसान पार्टी तटस्थ बसेको छ । राप्रपाको सभामुखबाहेक १२ र नेमकिपाको तीन मत रहेको छ । प्रदेश सभामा हाम्रो नेपाली पार्टीका एक सदस्य अनुपस्थित भएका छन् । 

पहिलो र दोस्रो पटक सजिलै विश्वासको मत पाएका मुख्यमन्त्री जम्कट्टेलले यसपटक विश्वासको मत लिने अन्तिम समयसम्म बहुमत सदस्य जुटाउन कसरत गर्नुपरेको थियो । 

नेपाल कम्युनिष्ट पार्टी एकीककृत समाजवादीलाई मुख्यमन्त्री आलोपालो गर्ने सहमतिपछि विश्वासको मत दिन तयार भएको बताइएको छ । दुई प्रदेश सभा सदस्य रहेको हाम्रो नेपाली पार्टीबाट शैलेन्द्र बज्राचार्यले मात्र विश्वासको मत दिएका छन् । 

सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा नेपालको संविधानको धारा, १८८ को उपधारा २ अनुसार मुख्यमन्त्रीले प्रदेश सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ । कांग्रेसले विश्वासको मत फिर्ता लिएको चैत २२ गते ३० दिन पुग्दैछ । 

यसअघि पहिलोपटक  एमाले,  माओवादी केन्द्र, राप्रपा, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीका ७० प्रदेशसभा सदस्यको समर्थमा २०७९ साल पुस २५ गते मुख्यमन्त्री बनेका थिए । 

सङ्घ सरकारमा समीकरण परिवर्तनसँगै उनले दोस्रोपटक २०७९ साल चैत १० गते विश्वासको मत लिएका थिए । विश्वासको मत प्राप्त गरेपछि मुख्यमन्त्री जम्कट्टेलले सबैको विश्वासलाई साथमा लिएर प्रदेशबासीको हितमा काम गर्ने बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ