arrow

एसको बार्गेनिङमा माओवादी सहमत, पालैपालो मुख्यमन्त्री

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १९ सोमबार
bagmati-province-new.jpg
तस्बिर – फाइल ।

हेटौँडा । बागमती प्रदेशमा एकीकृत समाजवादीले पनि मुख्यमन्त्री पाउने सहमति भएको छ । एकीकृत समाजवादीलाई पालैपालो मुख्यमन्त्री दिने सहमति भएसँगै  मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत पाउने निश्चित भएको छ ।

यसअघि एकीकृत समाजवादीले नयाँ समीकरणमा आफूले सबै प्रदेश र केन्द्रमा सम्मानजनक भागबण्डा हुनुपर्ने माग राख्दै सो विषयमा सहमति नभएसम्म विश्वासको मत दिन बाध्य नहुने चेतावनी दिएको थियो ।  

अब सहमति भएपछि एकीकृत समाजवादीले मुख्यमन्त्री जम्मकट्टेललाई विश्वासको मत दिने भएको छ । बागमती प्रदेश सभामा मुख्यमन्त्रीले विश्वासको मत लिँदैछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ